काठमाण्डौ १ भदौ। अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् ।अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ । सैन्य उडान भने भइरहेका छन्
१ भाद्र २०७८, मंगलबार
प्रतिक्रिया