कपिलवस्तु २ भदौ ।कपिलवस्तु प्रहरीको इतिहासमा साउन महिना एक नयाँ पहिचानको महिना बनेकोछ भने यो महिना प्रहरीको कामले राष्ट्रिय रुपमा चर्चित पनि बनेकोछ । ४दिनको बीचमा २०७ जना पक्राउ पर्नु आफैमा प्रहरीकालागि राष्ट्रिय रुपमै देखाउन मिल्ने ठूलो उपलब्धी भएकाले यो चर्चित वनेको हो । एक महिनामा २८९ जना फरार अभियुक्त पक्राउ गरेको कपिलवस्तु प्रहरीको कार्यलाई जनस्तरवाट सह्राना गरिएकोछ । राजनैतिक बृत्तमा प्रहरीले चाहे के हुन्न भन्ने वहश जारी रहेको छ ।यसैबीच प्रहरीले उत्साहपूर्ण रुपमा गरका कामको जानकारी दिन पत्रकार भेटघाट मार्फत विवरण सार्वजनिक गरिएको छ ।
फरार अभियुक्त पक्राउको अभियान अपरेसन ‘फप’ अन्तर्गत चार दिनमा ती अभियुक्त पक्राउ गरिएको वताउदै कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले साउन महिना अपराध नियन्त्रणका हिसावले महत्वपूर्ण महिना सावित भएको वताउनु भयो । साउन महिनामा २८९ जना फरार अभियुक्त पक्राउ परेकाछन् ,जसवाट ५० बर्ष बढी कैद बक्यौता असुलीमा गएको छ भने ती फरार अभियुक्तवाट १४ लाख ११ हजार दण्ड जरिवाना असुली भएको उपरिक्षक कार्कीले वताउनु भयो ।
यसैगरी एक महिनामा २८३२ वटा चेकपोष्ट खडा गरेर सडकमा सवारी चेकजाँच र कारवाही हुदा ठूलो मात्रामा राजश्व संकलन भएको प्रहरीको दाविछ । प्रहरीले चलाएको चेकजाँच तथा अपरेशनवाट एक महिनामा १ करोड १७ लाख वढी राजश्व उठेको उहाले वताउनु भयो । साउन महिनामा भारतीय मोटरसाइकलमा नेपाली नम्वर प्लेट राखेर चलाईका ४२ थान मोटर साइकल र नेपाली मोटरसाइकलमा भारतीय नम्वर प्लेट राखेर चलाइएका ६२ मोटर साइकल पक्राउ गरि कारवाही गरिएको छ ।
मोटरसाइकल देखि ट्रक सम्म गरेर १२२ वटा सावरी साधन कारवाहीमा परेका छन् । साउन महिनामा प्रहरीमा ९० वटामुद्धा दर्ता भएका छन् भने १८ जनाले आत्महत्या गरेको प्रहरीको विवरणमा उल्लेख छ । प्रहरीले दर्ता गरेका मुद्धामा सबै भन्दा बढी प्रभावित मधेसी महिला र मुस्लिम महिला रहेको उल्लेख छ । यही विवरणका आधारमा कपिलवस्तु प्रहरीले घरेलुहिंसा र आत्महत्या विरुद्ध विशेष अभियान चलाउने निष्कर्षमा पुगको उपरीक्षक कार्कीले वताउनु भयो ।
प्रतिक्रिया