बुटवल ३ भदौ ।कारवाही नभए सदन चल्न नदिने एमालेको अडान र कारवाहीकालागि तत्काल पहल नगर्ने सभामुख पूर्ण वहादुर घर्तिमगरको मनसायका बीच प्रदेश सभाको अधिबेशन शुरु नै हुन नपाई निरन्तर अवरुद्ध हुदै आएको छ । जस अनुसार लुम्बिनी प्रदेशमा लगातार तेस्रो पटक सदन अवरुद्ध भएको छ । यस अघि जसपा र माओवादी केन्द्रको हकमा पार्टीले गरेका कारवाहीको पत्र पाउदा साथ सभामुखले पदमुक्त भएको घोषणा गर्ने गरेको संसदीय अभ्यासमा यतिबेला सभामुखको कुनियत प्रष्ट भएको एमालेको दाविछ ।
बीहीवार दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक बस्नै नबसी सूचना टाँस गरी स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीले कारवाही गरेका दुई सांसदलाई पद मुक्त गर्न माग राख्दै निरन्तर सदन अवरुद्ध पारेपछि प्रदेश सभाको नवौं अधिवेशनका कुनै पनि बैठक बस्न नसकेको हो । बस्ने भनिएको तेस्रो बैठक सभामूखको निर्देशनमा स्थगित गर्ने गरी सूचना टाँस गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए । आगामी बैठक भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।
’राजनीतिक दलसम्बन्धी ऐन’को बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई कारवाही गरेको थियो । एमालेको केन्द्रिय कमिटिले कारवाहीको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ । उक्त पत्र प्रदेश सभामा पढेर सुनाई सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग राखिरहेको छ । यद्यपी, एमालेले कारवाही गरेका शाहीले आफू स्वत्नत्र भएको दावी गरिरहेका छन् ।
उता नेकपाबाट चुनाव जितेकी वलीले भने पार्टी खण्डिकरण भएपछि आफूले माओवादी रोजेकाले एमालेले कारवाही गर्न नपाउने बताइरहेकी छन् । तर, प्रशासनिक कार्यप्रकिया नपुगेकाले सूचना पढेर सुनाउन नमिल्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन् । उनले एमाले संसदीय दललाई थप कागजातहरु पेश गर्न आग्रह गरेको बताएका छन् ।








प्रतिक्रिया