अर्थ-वाणिज्य

नेपाल समूहका २ सांसद पार्टी फूटको बिपक्षमा : १० बुद्धे सहमति अनुसार अघिबढ्ने घोषणा



रुपन्देही ३ भदौ । एमालेवाट प्रदेश सभामा निर्वाचित तर माधव समुहमा रहदै आएका २ सांसदले पार्टी फूटको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनीहरुले आफूहरु नयाँ पार्टीमा नजाने प्रष्ट पारेका हुन् ।  माधव नेपाल समूहमा रहेर पनि निरन्तर पार्टी एकताको पक्षमा रहेका लुम्बिनी प्रदेशसभाका नेपाल निकट दुई सांसदले तत्काल नयाँ दलमा नजाने बताएका छन् । 

नेपाल पक्षमा रहेका कपिलवस्तुबाट निर्वाचित प्रदेश सभा सदस्य विष्णु पन्थी र पाल्पाबाट समानुपातिक सांसद बनेकी रमा घर्ती तत्काल नयाँ दलमा नजाने प्रतिक्रिया दिएका छन् । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित सांसद पन्थी लामो समयदेखि नेपाल पक्षमा रहे पनि पार्टी विभाजनको पक्षमा नरहेको बताउनुभयो ।नेता पन्थीले भन्नुभयो, ‘म पार्टी विभाजनको पक्षमा छैन ।’ 

उहाले एमालेभित्रै रहेर १० बुँदे सहमति कार्यान्वयन गर्न पहल गरिराख्ने र त्यो कार्यान्वयन भए एमाले मै बस्ने बताउनुभयो । अर्का सांसद रमा घर्तीले आफू विभाजनको पक्षमा नरहेको बताउनुभयो् । नयाँदल दर्ता गरेपनि पार्टी एकता हुनेमा आफू आशावादी रहेको उहाको भनाइछ ।

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६