जीवनशैली

तालिवानले किन लगायो भारत विरुद्ध नाकाबन्दी ?



एजेन्सी ४ भदौ ।अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ। भारत विरुद्ध तालिवानले ब्यापार नाकाबन्दी लगाउनुको स्वतन्त्र कारण खुलेको छैन । तर विदेश नीति फेरवदल गर्ने चाहाना अनुसार यस्तो कदम चालिएको हुन सक्ने वताइएको छ । सामान्यतयाः दुई देशबीच मालबाहक सवारी पाकिस्तानको मार्गबाट गुड्ने गर्छन्। भारतीय निर्यात संगठन महासंघले सवारीको आवागमन रोकिएको जनाएको छ।

 जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ।अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राइफ्रूट आयातसमेत गर्छ। भारत बाहेक पाकिस्तानले पनि अफगानिस्तानबाट ड्राइफ्रूट आयात गर्ने गरेको छ। अफगानिस्तानको बदाम, किसमिस र पिस्तालगायत सामानको मुख्य क्रेता भारत हो।ड्राइफ्रूट आयातको हिसाबले अमेरिका, जर्मनी र हङकङ पछि भारत चौथो स्थानमा छ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६