बुटवल ४ भदौ । देशको सबै भन्दा ठुलो दल नेकपा एमाले विभाजनको सामान्य प्रभाव लुम्बिनी प्रदेशमा समेत देखिएको छ । लामो समय देखी माधव झलनाथ समूहमा रहेको नेता एमाले समाजवादीमा नगए पछि एमालेमा सामान्य प्रभाव देखिएको हो । प्रदेशमा प्रभावशाली मानिएका केन्द्रीय स्तरका नेताले लुम्बिनी प्रदेशमा पनि माधव नेपालको साथ छोडेका छन् । नेपाललाई साथ दिँदै आएका पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, केन्द्रीय सदस्य ठाकुर गैरे, सोमप्रसाद पाण्डेलगायत एमालेमै रहेका हुन् ।
प्रभावशालीले नै साथ छोडेपछि लुम्बिनीमा नेकपा एमाले समाजवादी कमजोर बनेको छ । यता माधव नेपालका सम्धी समेत रहेका नेता पाण्डेले समेत नेपाललाई अन्तिम समयमा आएर साथ छाडेका छन् । ज्ञवाली र भुसाल रूपन्देही, विष्ट गुल्मी, गैरे र पाण्डे पाल्पाका हुन् । युवा र जनस्तरमा राम्रो प्रभाव रहेकाले पनि उनीहरूको साथ हुँदा नेपाल बलियो थिए । राष्ट्रिय नेताले साथ छोडेपछि जिल्ला र स्थानीय तहमा पनि नेपाल समूह कमजोर बन्ने विश्लेषण छ ।लुम्बिनीबाट नेकपा एमाले समाजवादीमा रूपन्देहीका बेदुराम भुसाल, विजय पौडेल, गुल्मीकी रामकुमारी झाँक्री, दाङका मेटमणि चौधरी सहभागी छन् ।
यता कपिलवस्तुमा भने विभाजनका असर विहिन भएको छ । संस्थापन पक्षको बाहुल्यता रहेको कपिलवस्तुमा माधव पक्षमा नेतृत्व गर्ने नेता समेत नभएको स्रोतको दावि छ । एक दुइ जना फेसबुकमा स्ट्याटस लेखेर रिस पोख्ने बाहेक अरु देखिएका छैनन् । माधव समुहमा रहेका कार्यकर्ता पनी विभाजन पछि नेपाल खनाल समूह प्रति रुष्ट भएका छन् । विभाजन पछी नेकपा एमालेको जिल्ला कमिटिको भदौ ५ गते बैठक वस्ने तयारी समेत भएको छ । मायाज होटेलमा हुने बैठकमा जिल्ला कमिटी पुरा उपस्थित हुने संकेत मिलेको एमाले नेता धर्मराज भुसालले बताउनु भयो ।
प्रतिक्रिया