अर्थ-वाणिज्य

मधौली पार्क यूवा पर्यटनकालागि प्रदेशकै उत्कृष्ट बनाइदै



कपिलवस्तु ४ भदौ । बाणगंगा नगरपालिका  ५ मधौली स्थित मधौली सामुदायिक वन क्षेत्रको खाली क्षेत्रमा अहिले सुन्दरीकरण गरिए सँगै पर्यटकहरुको अकर्षणको केन्द्र बनीरहेको छ । खासगरी यूवा पर्यटकलाई समय विताउन , पर्यावरणको मजालिन र अनेकौ आकर्षण सिनहरुमा भिडियो टिकटक बनाउन ,फोटो खिचाउन यो ठाउ प्रदेशकै अब्बल रुपमा स्थापित हदै गएकोछ। 

पुर्व पश्चिम राजमार्ग देखि झण्डै २ किलोमिटर दक्षिणमा पर्ने मधौली सामुदायिक वनमा सुन्दर पार्क बनेपछि पर्यटकका लागि आकर्षणको केन्द्र  बनेको हो । वडा नं ५ का अध्यक्ष भिष्म भुषालले यस पार्कलाई प्रदेशकै उत्कृट पार्कका रुपमा विकास गरिने बताउनु भयो । शुरुमा जिल्ला बन कार्यालयले वनको संरक्षणका लागि रु ५ लाख रकम दिई पार्क बनाउने कामको शुरुवाँत गरेको थियो , त्यसपछि मधौली सामुदायिक वनले आफ्नो आन्तरिक कोषबाट पार्क बनाउने काम गर्न थाले पछि वडाले पुर्ण रुपले सहयोग गर्दै आएको छ , अध्यक्ष भुषालले भन्नु भयो।

आर्थिक वर्षमा प्रधानमन्त्रि कार्यक्रम अन्तरगत रु ८ लाख रकम पार्क बनाउनका लागि बिनियोजन गरिएको र हाल पार्क भित्र बन्दै गरेका मण्डला बनाउन रु ५ लाख बिनियोजन गरिएको उहाँले बताउनु भयो । सञ्चारमाध्यमले प्रचार प्रसार गरेका कारण पनि छिट्टै पार्क चर्चामा आएको अध्यक्ष भुषालले बताउनु भयो । सामुदायिक वनको योजना अनुसार पर्यटकीय स्थलको रुपमा विकास गरिएको  वनका अध्यक्ष खडानन्द गौतमले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्र स्थलमा ठूला काठ उत्पादन हुने विरुवा नभएको र  खाली क्षेत्रलाई सदुपयोग  गर्ने उद्देश्य सहित पर्यटकीय स्थलको रुपमा विकास गर्ने अवधारणा ल्याइएको हो । अहिले आन्तरिक संरचना निर्माणका काम पनि धमाधम भईरहेका छन भने दुई वर्ष पहिले देखि निर्माण कार्य थाली यसै वर्ष देखि  स्थललाई पर्यटकको लागि खुल्ला गरिएको छ । घुमफिर गर्न र त्यहाँको वस्तुस्थितिबारे जानकारी लिन अहिले कपिलवस्तु सँगै रुपन्देही र अर्घाखाँचीबाट समेतका पर्यटकहरु आउने गरेका छन् ।

पार्कमा सेल्फी लिने , टिकटक बनाउने युवायुवतीहरुको पनि उत्तिकै भिड रहेको छ । विशेष गरी सामाजिक सञ्जाल र टिकटकबाट मधौली पिस पार्क भित्रका दृश्यहरुले चर्चा पाईरहेका छन् । अहिले मधौली पार्कमा पर्यटकहरुलाई अकर्षण गर्ने खालका संरचनाहरु निर्माण गरिँदै छ भने विभिन्न दुर्लभ जनावर र चराचुरुङ्ीका आकृती समेत बनाइदै छ । कपिलवस्तुको बुङ्ची–जहदी सडक खण्ड अन्तरगत पर्ने मधौली पार्कमा पुग्न सडक पहुँच पनि राम्रो रहेका कारण पनि बाणगंगामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।दैनिक ८ सय देखि १ हजार व्यक्तिले पार्क अवलोकन गर्न आउने गरेका छन । वनको विचमा सुपादेउराली मन्दिर रहेकोमा मन्दिरको  संरक्षण गर्दै हरियाली पार्क बनाउने योजना अगाडि बढेको हो । अहिले करिब ३ हेक्टर क्षेत्रफलमा तारबार गरि पार्क बनिरहेको छ । यसलाई व्यवस्थित बनाउदै १० हेक्टर क्षेत्रफल सम्म पुर्याइने योजना रहेको  छ । 

मनोरम र उत्कृष्ट पार्कको विकासले स्थानियको जनजिवीका फेरिनुका साथै प्रदेशकै आर्थिक विकासमा ठुलो टेवा मिल्ने अपेक्षा लिएको अध्यक्ष भुषाललको भनाई छ ।  आगामि दिनमा दिर्घकालिन योजना अनुसार पार्कको हेरालु राख्ने , भिडभाड धैरै हुने भएकोले नियमित प्रहरी गस्ती राख्ने जस्ता काम अगाडि बढेको छ । हाललाई पार्ककोलागि एक जना हेरालु राखिएको छ । 

वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ काम अगाडि बढाइएको छ । पार्क निमार्ण कार्य व्यवस्थित भएको एक दुई महिना पछि शुल्कको व्यवस्था गरिने छ । पार्क भित्र नमुना चिडिया खानाको समेत अबधारणा ल्याइएको छ । 

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६