प्रदेश

एमाले पहिलो पार्टी हुने रायमाझीको ठोकुवा



काठमाडौं ४ साउन । नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले आगामी निर्वाचनमा एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टीहुने दावी गरेकाछन ।

एमालेको भातृ संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको भण्डाफोर सभालाई सम्बोधन गर्दै रायमाझीले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याएर अन्य पार्टी टुक्रिने अवस्था सिर्जना भएकाले एमाले अहिलेको भन्दा पनि बलियो पहिलो पार्टी हुने बताएका हुन ।

उनले एमाले सबै प्रकारका षडयन्त्रको बिरुद्ध उत्रने उल्लेख गरे । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजन अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न गरेको भन्दै प्रतिगामी कदम बिरुद्ध शसक्त भएर लाग्ने जिकिर गरे । अध्यादेशले राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै अनेरास्वविययू विरोधमा उत्रेको हो ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६