अर्थ-वाणिज्य

५ दिनमा १० बुँदे कार्यान्वयन नगरे ओलीसँगको च्याप्टर क्लोज



काठमाडौं ४ साउन । नेकपा एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक अहिले जारी छ । नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका उनीहरुले ५ दिनमा १० बुँदे सहमति कार्यान्वयन नगरे अध्यक्ष ओलीसँगको च्याप्टर क्लोज हुने चेतावनी दिएकाछन ।

महाराजगञ्जमा बसिरहेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलले बनाएको १० बुँदे सहमतिको तल्लो तहसम्म कार्यान्वयन गर्नुपर्ने र त्यसो नगरे उनीसँगको च्याप्टर क्लोज हुनेबारे छलफल भइरहेको एक नेताले बताए ।

बैठकमा सहभागी नेता राजबहादुर बुढाका अनुसार अब बढीमा पाँच दिनभित्र तल्ला तहसम्म कार्यान्वयन नगरे ओली गलत र माधव नेपाल सही रहेछन् भन्ने निष्कर्ष निस्कने बताए ।

नेता बुढाले भने,‘फागुन २८ यता भएका निर्णयहरू सबै खारेज नभए माधव नेपालको पल्ला भारी हुन्छ र ओलीसँगको हाम्रो च्याप्टर क्लोज हुन्छ भन्नेबारे साथीहरूले छलफल गरिरहेका छन्।’

ओलीले १० बुँदे कार्यान्वयन गरे र फागुन २८ यताका सबै निर्णय खारेज गरे भने माधव नेपाललाई पार्टी एकताका लागि आफूहरूले दबाब दिने पनि बैठकमा सहभागी नेताहरूको भनाई छ ।

स्थायी कमिटी सदस्य भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित २ दर्जन केन्द्रीय सदस्यको बैठक बसिरहेको छ ।

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६