अर्थ-वाणिज्य

सत्ताका सबै उच्च पदमा माओवादीको पकड, चुनावपछिको स्थिती ?



रुपन्देही ४ साउन । नेकपा हुदा सत्तामा रहेको र सर्वाेच्चले पार्टी विभाजन गरेपछि सत्तावाट वाहिरीएको माओवादी केन्द्रले लुम्विनीको शासकीय सत्ताका ३ वटै महत्वपूर्ण पदमा यतिबेला आसिन हुन सफल भएको छ ।मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएसँगै लुम्बिनी प्रदेशको शासकीय सत्तामा माओवादी केन्द्र हाबी भएको छ । माओवादीले आफ्नै प्रभाव क्षेत्र र ‘जनयुद्ध’ को उद्गमस्थल दावि गर्दै  आएको लुम्बिनीमा प्रमुख, मुख्यमन्त्री र सभामुखमा आफ्ना नेतालाई पदस्थापन गराउन सफल भएको छ ।

प्रदेश सरकारको महत्वपूर्ण मानिएको आर्थिक मामिला तथा योजना मन्त्रालय लिएको माओवादीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि लिने प्रयास गरिरहेको छ ।नेकपा विघटन पछिको फाइदा लिँदै माओवादीले कांग्रेस, जसपा र जनमोर्चाको सहयोगमा अमिक शेरचनलाई प्रदेश प्रमुख र केसीलाई मुख्यमन्त्री बनाएको हो ।वाम गठबन्धन कायम रहेकै बेला माओवादीका पूर्णबहादुर घर्ती भने सभामुख भएका थिए । प्रदेशसभा निर्वाचनमा एमालेसँग गठबन्धन बनाएर माओवादीले १४ प्रत्यक्ष सहित २० सिट जितेको थियो । ८७ सदस्यीय प्रदेशसभामा एमालेले ४१, कांग्रेसले १९, जसपाले ६ र जनमोर्चाले १ सिट जितेका थिए ।

२०७४ मा प्रदेश स्थापना गर्दा प्रदेश प्रमुखमा उमाकान्त झा थिए । सुरुको सत्ता बाँडफाँटमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पद लिएका थिए । तर यतिबेला ३वटै पद माओवादीको हिस्सामा आएका छन् । यो हैसियतलाई वचाएर आगमी चुनावपछि वरकरार राख्न सक्छ वा सक्दैन त्यो अनिश्चित छ । कुनै संबैधानिक र अदालती आदेशले सत्ता वदलिएन भने आउने चुनाव सम्म माओवादीको शासकीय सत्तामा पडक रहने निश्चित छ । 

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६