कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ का कृष्ण गिरी कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्यमा मनोनयम भएका छन् । संघको साउन २१ गतेको पत्र अनुसार नियुक्त गरिएको अध्यक्ष देबेन्द्र कुमार शेरचनले बताए । गिरीलाई पूर्व संचारमन्त्री तथा नेपाली कांग्रेसका खेलकुद विपत व्यवस्थापन प्रमुख मोहन बहादुर बस्नेतको हातबाट मनोनयन पत्र बुझेका थिए ।
मनोनित केन्द्रीय सदस्य गिरीले जिल्लामा खेलकुदको विकासको लागि पालिका सँग बकालत गर्ने बताए । कपिलवस्तुमा गलत राजनितीको कारण फुटवल र किक्रेट जस्ता खेलमा विकास नभएकोले खेल उकास्न आफुले मद्धत गर्ने बताए ।
६ भाद्र २०७८, आइतबार








प्रतिक्रिया