अर्थ-वाणिज्य

मुख्यमन्त्री केसीले पाए विश्वासको मत



बुटवल ७ भदौ। लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उनी माओवादी केन्द्रका संसदीय दलका नेता हुन् ।प्रदेशसभामा रहेका ८० सदस्यमध्ये ४२ जनाले उनलाई विश्वासको मत दिए । विपक्षमा भने कुनै पनि मत परेन । केसीलाई नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट चुनाव लडेका विवादास्पद अजय शाही र विमला वलीले उनको पक्षमा मतदान गरेका हुन् । प्रतिपक्षको रुपमा प्रदेशसभामा सहभागी भएकी तारा जीसीले पनि मुख्यमन्त्रीका पक्षमा मतदान गरेकी छन् । सभामा सहभागी भएकी उपसभामुख कृष्णी थारु भने तटस्थ रहिन् ।                                प्रमुख प्रतिपक्ष दलले चौथो बैठक पनि बहिस्कार गरेको छ । प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सचिवालयले विपक्षी दलको माग सुनुवाइ नभएकाले बैठकमा सहभागी नभएको बताए । विपक्षी एमालेका ३७ सदस्य छन् ।सवा ४ बजे सुरू भएको नवौं अधिवेशनको चौथो बैठकमा सभामुख घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रिया अघि बढाएका थिए ।

प्रकाशित : ७ भाद्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६