दाङ ९ भदौ।हवाई उडानको भाडा करिव ३० प्रतिशत घटेको छ । दाङ–काठमाडौंको हवाइ भाडामा समायोजन भएपछि घटेको हो । बिहिबार भदौ १० गते देखी लागु हुने गरी भाडा दरमा समायोजन भएको टरिगाउँ एयरपोर्टका कार्यालय प्रमुख निमकान्त लम्सालले जानकारी दिए ।
बिहिबारदेखि लागु हुने गरी न्युनतम हवाइ भाडा दर ५ हजार ७ सय ७० देखि ६ हजार २ सय ७० रहेको प्रमुख लम्सालले बताए । यसअघि काठमाडौं–दाङको भाडा दर ७ देखि ९ हजार २ सय ५५ रहेको थियो । यसरी भाडादर मंहगो हुदा यात्रुहरुले महिनौदेखि मार खेप्दै आइरहेका थिए ।
प्रतिक्रिया