अर्थ-वाणिज्य

सिनर्जीको अर्को सेवा केन्द्र उद्‍घाटन : भलवाडको वित्तीय पहुँचमा नयाँ पाईला



कपिलवस्तु १३ भदौ। सिनर्जी सहकारीको भलवाड सेवा केन्द्र  उद्ध्घाटन गर्दै प्रदेश सासंद विष्णु पन्थीले बाणगंगाको भलवाडलाई कृषि पर्यटनको आकर्षणको केन्द्रको रुपमा विकास गर्न सिनर्जीले काम गर्नुपर्ने बताउनु भएको छ । कृषि सँग विभिन्न चिजहरुमो उत्पादन गर्ने र त्यसको बजारीकरण सँगै व्यवसायमा लगानी पनि बृद्धी गर्न संस्थाले काम गर्नुपर्ने बताउनु भयो।      बाणगंगाका ६ वटा सहकारी मर्ज गरी बनाइएको सिनर्जीले आधुनिक वित्तीय मोडल अनुसार कर्जा पु¥याउन सक्ने सासंद पन्थीले विश्वास पनि व्यक्त गर्नु भयो । पहिले नै केही सहकारी संस्थाहरु रहेको भलवाडमा सहकारीहरुका बिचमा प्रतिश्पर्धा हुने भन्दै भलवाडमा अझै क वा ख बर्गका बैँकहरु पनि आवश्यक रहेको र त्यसका लागि बैँकको शाखा संचालनका लागि पहल गरिने स्पष्ट पार्नु भयो ।                         समृद्धिका लागि सहकार्य भन्ने मूल नाराकासाथ सिनर्जि बहुउद्धेश्य सहकारी संस्था लिमिटेड वाणगंगा ९ भलवाड सेवा केन्द्रको समुद्घाटन भएको हो । सो कार्यक्रममा कार्यक्रममा परम्परागत कृषि प्रणालीमा परिवर्तन गरी सहकारी संस्थाले व्यवशायिकलाई जोड दिनु पर्ने  पंथीले वताउनु भयो  ।    त्यस्तै वाणगंगा नगरका उप प्रमुख तथा कार्यक्रममा विशिष्ट अतिथी चक्रपाणि अर्यालले नगरको दुरदराजमा रहेका वडाहरुमा संस्थाले सेवा प्रदान गरेकोमा धन्यवाद दिँदै वित्तियसबल,उत्पादनमुखी,रोजगारमुखी यस सहकारीका शेयर सदस्यहरुलाई लगानीमा सबल,आत्मनिर्भर,समृद्धि नागरीक बन्ने कुरा बताएका थिए ।त्यस्तै  लुम्बिनी प्रदेश सहकारी संस्थाका लेखा संयोजक तेज प्रसाद आचार्यले सिनर्जी सहकारी संस्थाले ६ वटा संस्थालाई एकताबद्ध गर्ने काम गरी  वाणगंगा नगरमा सशकारी अभियानमा एउटा नमूना पालिका हुने कुरामा सफलता मिल्ने कुरा वताएका थिए ।   कार्यक्रममा वडाभ्यक्ष धुर्व वेल्वासे तथा सिनर्जी सहकारी संस्था भलवाड शाखाका संयोजक धुर्व वेल्वासेले सिनर्जी संस्था अन्य सहकारी भन्दा पृथक उद्धेश्यकासाथ स्थापना भएकोले यस सहकारीले बढी भन्दा बढी लाभ शेयर सदस्यलाई प्रदान गरिने र वित्तिय सहकारीसंग समन्वय गरेर अगाडि बढ्ने कुरा बताउँदै कार्यक्रममा सबै सहभागिहरुलाई धन्यवाद ज्ञापन समेत प्रकट गरेका थिए ।                                      साथै संस्थाका अध्यक्ष लक्षमण वेल्वासे गत आर्थिक वर्ष २०७७। ७८मा लक्ष्य अनुसार संस्थाले शेयर पूँजी वृद्धि गर्न सफल भएको यस वर्ष शेयर सदस्यलाई १८ प्रतिशत लाभांस वितरण गरिने कुरा वताएका थिए ।संस्थाले कारोबारमा उत्पादन मुखि,व्यवशायिकमुखि गर्ने रणनिति रहेको कुरा बताएका थिए । भलवाड शाखामा हाल १ शय ८३ शेयर सदस्य आवद्ध रहेको र संस्थाले १ हजार शेयर सदस्य पु–याउने लक्ष्य रहेको वताएका थिए ।

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६