कपिलवस्तु १८ भदौ । एक साता अघि अबिरल बर्षा पछि आएको बाढीले बगाउदा घरबार बिहीन भएका कपिलवस्तु नगरपालिका वडा नम्बर ११ बनगाई सकुम्बासी बस्तीका १३ पीडीत परिवारलाई टीनको जस्तापाता सहीत राहत सामाग्री प्रदान गरिएको छ । बाढीको भेलले छाप्रोको घर बगाउदा ती १३ मध्ये १० परिवार घरबारबिहीन बनेका छन ।
एक साता देखि खुला आकाशमा बस्दै आएका ती परिवारलाई मेयर किरण सिंहको निर्देशनमा उप मेयर लक्ष्मी साउ गुप्ताले पीडीत परिवारलाई जस्तापाता र खाद्यान्न हस्तान्तरण गरिन । १० पीडीत परिवारलाई घर जग्गाको नापका आधारमा कुल २ सय ६३ वटा जस्ता पाता बाडिएको उप मेयर गुप्ताले बताईन । यस्तै १३ पविरालाई प्रति परिवार ५० किलो मसिनो चामल, ३ किलो दाल, १ किलो नुन, ५ किलो आलुका दरले राहत उपलब्ध गराइएको छ ।
उप मेयर गुप्ताले पीडीत परिवारलाई नगरपालिकाले मल्हम लगाउने काम गरेको बताईन । ‘ नगरपालिका पीडीत परिवारको साथमा छ ’ उनले भनिन । घर बनाउनकालागि आवश्यक फलामको खाबो लगायतका आवश्यक अरु चिज पनि दिईने उनले बताईन । बर्षौ देखि झुपडीमा बस्दै आएकोमा त्यो घर पनि पानीले बगाएर पछि पीडीत बनेका बावुराम दमाईले नगरपालिकाले आफुहरुलाई साथ दिएको बताए ।
पानीले घर सहीत खाद्यान्न अन्नपात लगायत सबै सामान नोक्सान हुदा आफुहरुको जीवन कष्टकर बेनेको उनले बताए । ‘ अब हामी पनि जस्तापाताको घरमा बस्न पाउने भयौ ’ उनले भने । जस्तापाता सहीत राहत पाए पछि पीडीत परिवार खुशी भएका छन । जस्तापात सहीत राहत सामाग्री नगरपालिकाको ट्याक्टरले पीडीत परिवारको घरमै पुर्याइएको थियो ।
प्रतिक्रिया