बुटवल १७ भदौ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड दुई दिनसम्म दैनिक ११ घण्टा बन्द हुने भएको छ । तानसेन नगरपालिका–८ तल्लो डुम्रेमा गएको पहिरो हटाउन बिहीबार र शुक्रबार दुई दिन साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सडकमा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
उक्त अवधिमा अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । उनका अनुसार दिउँसोको समयमा भने सडक नियमित सञ्चालन हुनेछ ।
प्रतिक्रिया