तुलसीपुर १८-भदौ ।लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले संस्कृति तथा भेषभुषालाई संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल मगर बुद्ध सेवा समाज दाङ र नेपाल मगर संघ तुलसीपुर नगरकमिटिले सयुक्त रुपमा आज शुक्रवार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
बौद्ध सेवा समाज दाङका अध्यक्ष मणि बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जनजातीहरुको संस्कृति र भेषभुषालाई जगेर्ना गर्न आवश्यक रहेको बताउदै यसका लागी आफुले सक्दो सहयोग गर्ने बताए । नेपाल बहुसांस्कृतिक र बहुभाषिक देश भएकाले यसमा जनजाती समुदायहरुको पनि छुट्टै पहिचानलाई जोगाई राख्न आवश्यक रहेको उनको भनाइ छ ।
सो अवसरमा मन्त्री चौधरीलाई खादा ओढाएर बधाई तथा स्वागत गरिएको थियोे । नेपाल बौद्ध सेवा समाज लुम्बिनी प्रदेश उपाध्यक्ष बलिभद्र कुसारी मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल मगर संघ जिल्ला समितिका सल्लाहकार टोप बहादुर घर्ति लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण नेपाल मगर संघ तुलसीपुरका अध्यक्ष राम कुमार घर्तिले गरेका थिए।
प्रतिक्रिया