जीवनशैली

मन्त्री भएको २३ दिनमा शाहीले पाए मन्त्रालय अझै २ बिना बिभागीय



बुटवल   १८ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विनाविभागीय मन्त्री नियुक्ति गरेको २३ दिनपछि अजय शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन्।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा तथा जनमोर्चाको गठबन्धनमा साउन २८ गते मुख्यमन्त्री भएका केसीले सोही दिन ६ जना मन्त्री बनाउँदा अजय शाहीसहित सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई विनाविभागीय मन्त्री बनाएका थिए।२३ दिनपछि शाहीले मन्त्रालय पाएपनि रायमाझी र ढ्रेंगाले अझै मन्त्रालय पाएनन्।

लुम्बिनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अजय शाही एमालेको सांसद भएकाले सरकार, प्रदेशसभा र प्रदेश प्रमुखले बलजफ्ती मन्त्री बनाएको आरोप लगाउँदै आएको छ । उनी चुनावमा सूर्य चिन्ह लिएर जितेपछि हालसम्म एमालेको संसदीय दलमै रहेको र साउन २७ गते पार्टीको निर्णय विपरीत विपक्षी गठबन्धनमा गएकाले कारबाही गरेपनि सभामुखले कानुन विपरीत कारबाही नगरी विवाद बढाएको आरोप एमालेको छ।

मुख्यमन्त्री केसीले गठबन्धन दलभित्रको भागवण्डा मिलाउन नसकेका कारण अन्य मन्त्रीलाई जिम्मेवारी दिन सकेका छैनन् । यसअघि ९ जना मन्त्री रहेको लुम्बिनीमा अहिलेको सरकारले १३ मन्त्री र केही राज्यमन्त्री थप गर्ने कानुनी प्रबन्ध मिलाएको छ।

प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारमा सहभागी दलबीच सहमति गरेर छिट्टै मन्त्रीपरिषद पूर्णता हुने र सबैको जिम्मेवारी विभाजन हुने बताए।अहिले मुख्यमन्त्री केसीले आन्तरिक मामिला तथा संचार, ऊर्जा जलस्रोत तथा सिंचाई, कानुन,महिला,बालबालिका तथा जेष्ठ नागरिक, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था, वन तथा भूसंरक्षण, शिक्षा, विज्ञान, युवा तथा खेलकुद, श्रम, रोजगार तथा यातायात व्यवस्था, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी आफैले राखेका छन्।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६