दाङ १९ भदौ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपाललाई सिपष्िि मैनालीको हैसियतमा पुराउने उद्घोष गर्नु भएकोछ । दाङको लमहीमा आयोजित क्षेत्र नम्बर १ स्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै एमाले एक्लै चुनावमा भाग लिन तयार रहेको बताउनु भएको हो । उहाले अवको आमनिर्वाचनमा भाग लिन एमालेले कसैसँग गठबन्धन नगर्ने बताउनु भयो ।
‘कसैको वैशाखीको सहारा चाहिँदैन, एक्लै चुनावको सामना गर्छाैं’, उहाले भन्नु भयो , ‘नेकपा एमाले चुनावबाट डराउने पार्टी होइन, हामीलाई जनताको भरोसा छ।’पार्टीभित्र अराजक प्रवृत्तिका व्यक्तिले केही समस्या निम्तिए पनि त्यसले कुनै असर नगर्ने जिकिर गर्नु भयो । ‘एउटा दलको मुखिया बन्ने लोभले पार्टीबाट अलग भएर अर्काे दल दर्ता गरियो। के अब आउने चुनावमा सामना गर्ने हैसियत राख्छ। थाकेका मान्छेलाइ वरिपरि राखेर माधव नेपालले कसरी पार्टी निर्माण गर्न सक्नुहुन्छ?,’ उहाले थप्नु भयो ‘न कुनै विचार छ ,न त कुनै सिद्धान्त।’
कुण्ठाले पार्टी निर्माण नहुने वताउदै ‘अहिले त २० प्रतिशत सांसदले केही प्राप्ति भएजस्तो लाग्ला तर चुनावपछिको हालत के हुने हो? लोभी प्रवृत्तिले अब माधव नेपाललाई सिपी मैनालीको अवस्थामा पु¥याउँछ।’नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अवसरवाद, अस्थिर प्रवृत्तिकै कारण पार्टी एकतामा संकट उत्पादन भएको दाबी गर्नु भयो ।
प्रतिक्रिया