पर्यटन

माधवको बहिर्गमन पश्चात एमाले गुटबाट मुक्त ,चुस्त र दुरुस्त :नेतृ घिमिरे



कपिलवस्तु २० भदौ । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलालाई विभिन्न अवसर प्रदान गरि  नेतृत्वमा पुर्याउने पार्टी नेकपा एमाले भएको बताउनु भएको छ ।  अनेमसंघको १० औं जिल्ला सम्मेलन आयोजक समितिको दोस्रो वैठक तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार गोरुसिंगेमा सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज समेत रहनु भएकी नेता घिमिरेले यस्तो बताउनु भएको हो ।

 पार्टीमा अब गुट र उपगुट भन्ने गन्ध नहुने  समेत उहाँले बताउनु भयो ।  नेता घिमिरेले कार्यक्रममा बोल्दै मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारी अनेमसंघबाटै पार्टीले दिएको अवसरबाट गरिमामय पदमा पुग्न सफल भएको स्मरण गर्दै दलित,जनजाती, अपांग राज्यको मुल प्रवाहमा आउन नसक्ने समुदायलाई समेत विभिन्न अवसर दिई राज्यको मुल प्रवाहमा ल्याउने काम एमालेले गरेको जिकिर गर्नु भयो । बर्तमान अवस्थामा  एमाले सत्ता बाहिर रहेपनि जनताको मन जित्न सफल भएको जनाउनु भयो । 

वर्तमान अवस्थामा पार्टी झनै मजवुद बन्दै गएको , एमालेमा आउनेको लहर चलेको नेता घिमिरेले औल्याउनु भयो ।   महिलाको नेतृत्व सम्म सहभागिता हुनु पर्ने जनाउदै यसका लागि महिलाहरु शसक्त हुनु पर्ने बताउनु भयो । अब आउने स्थानिय तहको निर्वाचनमा प्रमुख पदमा आउने गरि  महिलाहरुले नेतृत्व विकास गर्नु पर्ने जनाउनु भयो ।

नजिकिदै गएको तिजको अवसरमा सबै दिदी बहिनीमा शुभकामना दिदै नेता घिमिरेले तिजलाई संस्कृति र पर्वको रुपमा मनाउनु पर्ने बताउनु भयो । तिजलाई भड्किलो र उत्ताउलो नबनाउन समेत उहाँले सबै महिला दिदी वहिनीहरुलाई आग्रह गर्नु भयो । पार्टीको निती कार्यक्रम र बास्तविक कुरा  लिएर गाउँ गाउँ जान समेत उहाँले महिलाहरुलाई आग्रह गर्नु भएको थियो ।  । 

पार्टीका प्रदेश कमिटि  सदस्य  शान्ति देवी चमारले  महिलाहरु अधिकारका लागि आफै शसक्त हुनु पर्ने बताउनु भयो । पाटीले महिलाहरुलाई अवसर दिने छ , तर महिलाहरुले नेतृत्व विकास गर्दै अगाडि बढ्नु पर्दछ , उहाँले भन्नु भयो ।

प्रदेश कमिटी सदस्य प्रभा पौडेलले जनताको मन जितेर अब आउने चुनावमा नेकपा एमाले पहिलो स्थान हासिल गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै संघका  केन्द्रीय  सदस्य एवं कपिलवस्तु इन्चार्ज सुर्य कुमारी शाहिले महिलाहरुलाई पाटीले अगाडि बढाएको चर्चा गर्नु भयो ।  महिलाहरु सक्रिय रुपमा राजनितिमा आउन समेत उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा पार्टी प्रदेश कमिटि सदस्य टेकराज पौडेलले   हरेक आन्दोलनमा  धैरै जिम्मेवारीका साथ  महिलाले काम गरेको भन्दै महिलाहरुको योगदानलाई सधै कदर गर्नु पर्ने बताउनु भयो ।

संघका जिल्ला अध्यक्ष  शारदा शर्माको अध्यक्षता उपाध्यक्ष शुसिला दर्लामीको स्वागत एवं सचिव चेतना अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष बाबुराम खनाल , शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी थारु , पार्टी सचिवालय सदस्य  एवं वुद्धभुमीका अध्यक्ष  पिताम्बर खनाल , प्रेस चौतारीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज पार्वती पाण्डे लगायतले समसामयिक विषयका बारेमा बोल्नु भएको थियो ।

वैठकले अनेमसंघको सदस्यता नबिकरण र बितरणलाई अभियानकै रुपमा लैजाने , वडा र नगरका कमिटि बिस्तार , प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको अनेमसंघ कपिलवस्तुले जनाएको छ । 



प्रकाशित : १९ भाद्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६