हिन्दुहरुको महान चाड मध्ये हरितालिका तीज नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइन्छ ।भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वले महिलाहरुको धर्म र आफ्नै संस्कृति बोकेको छ ।भाद्र शुक्ल तृतीयाका दिन पर्ने तीज र भाद्र शुक्ल पञ्चमीका दिन पर्ने ऋषिपञ्चमीलाई महिलाहरुको धार्मिक, सांस्कृतिक महत्वको रुपमा लिने गरिन्छ । आफ्ना पतीको दीर्घायु तथा परिवारजनको सुख समृद्धिको लागि व्रत बस्ने चलन पनि तीज पर्वको अर्को धार्मिक महत्व रहेको छ ।तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पूजा गर्ने पर्व को रुपमा लिइन्छ ।
पहिले पहिले यातायात र सञ्चारका साधन प्रयाप्त र सर्वसुलभ नहुदा जुन सुकै बेला दिदी, बहिनी, चेलीबेटी सबैको जमघट लामो समयसम्म नहुने र मिठो मसिनो खानका लागि चाड पर्व कुर्नु पर्ने अवस्था थियो । विवाह भएर टाढा गएकी चेलीलाई दाजु, भाइ वा बुवा लिन जाने माइतिमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिने, चेली बेटेको घरको अवस्था उसको पीर मर्कालाई आफ्ना दिदी बहिनी इस्टमित्रका माझ गीतका माध्यमद्वारा पोख्ने चलन थियो ।
पहिले तीजको बेला विभिन्न मन्दिर खेल मैदानमा भेला भएर वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन विस्तारै इतिहास बन्न थालेको छ ।महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि मुक्ति पाई माइतिसँग समय बिताउने सुख दुःख बाड्ने पर्वको रुपमा पनि लिइन्थ्यो ।तीजको अर्को मौलिक पक्ष भनेको सुख,दुःखर मनको वेदना पोख्ने, गीतहरुमा पनि एउटा छुट्टै संस्कृति बोकेको र गीत कै माध्यमद्वारा सन्देश पनि दिने गरिन्थ्यो । पराईघरमा भएका अन्याय अत्याचार ज्यादतिलाई गीत मार्फत् भण्डाफोर गर्ने संस्कृति बोकेको पर्वको रुपमा पनि लिइन्थ्यो ।
अहिले तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको छ । हुँदाखानेले हुँनेखानेको देखासिकी गर्दै ऋण खाजेरै भएपनि कपडा र गर(गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा व्याप्त देखिन्छन् । गर(गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तीज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउँदै जानेमा पनि पुराना पिढिको तर्क रहेको छ । यसरी देखासिकीको रुपले विकृति निम्त्यायो भने गरीव महिलाहरुले यो पर्व मनाउने भन्दा पनि कसरी पर्वछल्ने तर्फ चिन्तित बन्ने देखिन्छ र तीजको समयमा तीजकै भड्किदो प्रवृतिका कारण प्रायस घरमा श्रीमान् श्रीमतीमा बेमेल, घरायसी झैँझगडा र लैंगिक हिंसा हुने गरेको पनि देखिन्छ ।
सामाजिक सञ्जाल ९फेसबुक, टिकटक० मा अर्काको मागेरै भएपनि देखाउने र त्यो देखासिकी समुदायका अन्य व्यक्तिले अनुकरण गर्ने प्रवृतिले गर्दा नेपाली मौलिक संस्कार, संस्कृति नै धरापमा पर्ने देखिन्छ । नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा बजारमा आएका गीत नेपाली मौलिक पन, नेपाली संस्कृतिभन्दा फरक तरिकाबाट तोड मोड हुदै नयाँ पन थपिदै आएका छन् । पछिल्लो पिडीका नयाँ कलाकारहरुले निकालेका सबै खाले गीतहरु नेपाली मौलिकता पन नदेखिएको पाइन्छ । पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका धेरै जसो गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् ।
पुरानो पुष्ता र बुद्दिजीवी वर्गले पछिल्लो समय हाम्रो समाज पुरानो शैलीभन्दा फरक भएको र पुरानो मौलिक संस्कृतिलाई मोड्न नहुने तर्कहरु आउने गर्छन् ।अहिले हाम्रो समाजमा सासुले बुहारीलाई दुख दिने जस्ता घट्ना अहिलेको समाजमा हट्दै गएकाले केही परिर्वतन आएपनि गीत गाउने बाहनामा नयाँपन ल्याउन संस्कृतिलाई नै धरापमा लैजानू प्रति धेरैको चिन्ता छ । तर बिगत केही वर्षहरू यता आधुनिकताको नाममा चाडलाई विकृतबनाइदै छ ।
अहिलेको समाज परिर्वतनशील छ । समाज परिर्वतनशीलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन। संस्कृतिको आफ्नै महत्व छ । आधुनिकताको नाममा संस्कृतिलाई आफू अनुकुल परिभाषा दिनु आफू अनुकुल चलाउन खोज्नुले अहिले चाडपर्वको महत्व माथि प्रश्न उठ्न थालेको छ ।अहिले तिजको दिन पनि पहिले जस्तो जम्मा हुने प्रचलन पनि घट्न थालेको छ ।
कहि कतै जम्मा भएपनि गीत संगीत पनि फरक खालका गाउने गर्नुले पनि सबैको चाख चाडपर्व प्रति घट्न थालेको छ । पछिल्लो समयमा तीज आउनु भन्दा पहिले विभिन्न पार्टी प्यालेस र चारतारे होटलमा दर खाने साउण्ड सिस्टम बजाएर नाच्ने गर्नाले पनि तीजको दिन कमै उपस्थिति देखिदै जान थालेको छ ।झण्डै एक महिना अघिबाट दर खाने प्रचलन एउटा तीज पर्वको पछिल्लो समयमा भित्रिएको विकृतिको पाटो बन्न थालेको छ । तीज पर्वमा देखासिकी प्रतिस्पर्धा बढ्ने गरेको छ । पर्वलाई धर्म संस्कृति जोगाउनु भन्दा पछिल्लो पिढि देखासिखी तर्फ लागेकोमा पुराना पुस्ताको चिन्ता छ ।
तीज भनेको गीतका माध्यमबाट महिलाहरुले आफूले भोगेका सुख दुःखका बेदनाहरु पोख्ने ठूलो अवसर हो । तर पछिल्लो समयमा तीजमा उत्ताउलो खालको सँस्कृति भित्रिन थालेको छ । पर्वको अबसरमा गाउने गीत पर्वको मर्म तथा नारी बेदनाभन्दा पनि फरक खालको संस्कृति भित्रिएको छ ।तीजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने गर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ ।
तीज पर्वमा पहिले जस्तै अहिलेका पुस्तामा विभिन्न चोक, मैदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ । नयाँ पुस्ता,सज्जनवृन्द र सरोकारवाला निकायहरुले सँस्कृति जोगाउन तथा विकृतिबाट समाजलाई बचाउन विशेष चासो देखाउनु पर्ने जरुरी देखिन्छ ।
(लेखक : वाणगंगा नगरपालिकाको महिला तथा वालवालिका शाखा प्रमुख हुनुहुन्छ ।)
प्रतिक्रिया