अर्थ-वाणिज्य

कपिलवस्तुमा २ नयाँदल एक /एक जनप्रतिनिधी मै खुम्चीए



कपिलवस्तु २३  भदौ । कपिलवस्तुमा अध्यादेशवाट गठित नयाँ पाटी सून्य हुनवाट बचेका छन् । लोकतान्त्रिक समाजवादीमा शिवराज १० का वडाध्यक्ष मन्जु मिश्रा र एकिकृत समाजवादीमा शिवराजकी ८ देविपुरकी कार्यपालिका सदस्य निर्मला सुनारले सनाखत गरेकी छन् । जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानीराम पुरीका अनुसार कपिलवस्तुमा १÷१ जना जनप्रतिनिधी नयाँदलमा सनाखत गरेकाछन् । 

यता रुपन्देहीबाट २४ जना जनप्रतिनिधीले नयाँ दर्ता भएको दल रोजेका छन् । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजन भएका बनेका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीमा सोमबारसम्म २४ जनाले सनाखत गरेका हुन् ।निर्वाचन कार्यालय रुपन्देहीका अनुसार १९ जनाले लोकतान्त्रिक समाजवादीमा र ५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधीले नयाँ पार्टी दर्ता भएको दिनदेखि २१ दिनभित्र सनाखत गर्नुपर्ने व्यवस्था छ । जसअनुसार नयाँ पार्टीमा सनाखत गर्न जनप्रतिनिधीलाई आज मंगलबार सम्मको समय थियो।एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा एक जना उपप्रमुख र अन्य वडासदस्यहरु रहेका छन् ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले सहित बुटवल उपमहानगरपालिका वडा नं २, ३ र ८ तथा तिलोत्तमा नगरपालिका वडा नं ११ का वडा सदस्य रहेका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्नेहरुमा मर्चवारी गाँउपालिका अध्यक्ष केशबनन्द बनिया र उपाध्यक्ष सुनिता कलवार छन् । बाँकी १७ जनाहरुमा वडाअध्यक्ष तथा वडा सदस्यहरु रहेको रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत अयोध्या भण्डारीले बताए ।नेपाली नागरिकको आधिकारिक परिचय–पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण–पत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचय–पत्र सनाखतका अनिवार्य गरिएको प्रमुख भण्डारीले प्रमुख भण्डारीले बताए ।

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६