कपिलवस्तु २३ भदौ । कपिलवस्तुमा आएको २ महिना पुगेको र दवाव र प्रभावमा काम नगर्ने प्रहरी प्रमुखको ३ देखि ५ महिनामा सरुवा गराउने परिपाटी रहेकोले सरुवा हुनै परेपनि कसैको दवाव र प्रभावमा काम नगर्ने कपिलवस्तुका प्रहरी उरिक्षक दान वहादुर कार्कीले दावि गर्नु भएको छ । कपिलवस्तुको पत्रकारीताको राजधानी मानिने बाणगंगावाट प्रहरी उपरिक्षक कार्कीले रचनात्मक सहकार्य र समालोचनाको अपेक्षा राख्नु भएको छ । उहाले प्रहरीले गरेका राम्रा कामको सही सन्देश प्रवाह र कमी कमजोरीमा सकारात्मक खवरदारीको अपेक्षा यहाका पत्रकारवाट राखेको वताउनु भयो ।
कपिलवस्तुका प्रहरी प्रमुख दान बहादुर कार्कीले पत्रकारीताको मुटुको रुपमा लिइने बाणगंगा क्षेत्रका अग्रज पत्रकारहरुका सुझाव सल्लाह लिदै आगामी दिनमा जिल्लामा शुसासन कायम गर्न गर्नुपर्ने कामवारे छलपफल गर्नु भएको छ । ईलाका प्रहरी कार्यालय पिपरामा आयोजित छलफल कार्यक्रममा पत्रकार हरुले बाणगंगा क्षेत्रमा भए गरेका विभिन्न अपराध , चोरी निकासी , लागु औषध र शान्ति सुरक्षामा प्रहरी चनाखो हुनुपर्नेमा जोड दिएका थिए ।
कपिलवस्तुवाट राष्ट्रभर प्रशारीत एकमात्र टेलिभिजन बुद्ध आवाज , कपिलवस्तुको एकमात्र दैनिक बुद्धदर्पण सहित ४ वटा महत्वपूर्ण रेडियो , ३ वटा साप्ताहिक , सर्वाधिक पाठक ग्रहण गरेका ६ वटा अनलाइन रहेको बाणगंगा आफैमा कपिलवस्तुको पत्रकारीताको मेरुदण्डका रुपमा मानिने गरेको छ ।
यतिमात्र होइन पत्रकार महासंघका २ जना पूर्व अध्यक्ष सहित वर्तमानका महत्वपूर्ण पदाधिकारी समेत रहेको बाणगंगामा यहाँका पत्रकारसंग विशेष छलफल गर्न उपरीक्षक कार्मीले चाहेको भन्दै इलाका प्रहरी कर्यालय पिपराले छलफल कार्यक्रम राखेको थियो ।
सो अवसरमा पत्रकाहरुले प्रहरी उपरिक्षक कार्कीलाई बाणगंगा नगरपालिकाको वडा नं ६ मा हत्या भएकी शिवरानी र वडा नं १० कि गंगामाया पौडेलको हत्यामा संलग्न दोषि उपर अनुशन्धान गरि कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका थिए पत्रकारका गुनासा र सुझाव उपर संम्बोधन गर्दै कार्कीले अधिकांस विषयमा प्रहरीले सफलता हासिल गरेको र गर्ने क्रममा रहेको बताउदै यी दुई घट्नामा तत्काल अनुशन्धान थालिने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डिलाराम भुषाल, पूर्व अध्यक्ष भेषराज पाण्डे, पूर्व उपाध्यक्ष पार्वती पाण्डे, वर्तमान उपाध्यक्ष हरि अधिकारी, कोषाध्यक्ष मोहन बेल्वासे लगाएत डेढ दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेको थियो ।महिलाहरुको महानचाड तीजको अवसरमा शुभकामना सहित भएको कार्यक्रमको सहजीकरण प्रहरी निरीक्षक दिनेश गुरुङले गर्नु भएको थियो ।
प्रतिक्रिया