कपिलवस्तु २४ भदौ । नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ जिल्ला कमिटिलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने सर्बसहमत निर्णय गरेको छ। उपमहासचिव तथा प्रदेश संयोजक विष्णुप्रसाद पौडलको अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटीसहित सबै जिल्ला कमिटीमा नेतृत्वलाई पहिलेकै अवस्थामा फर्काएर पूर्णता दिएको हो ।
दशबुँदे सुझाव कार्यान्वयन गर्न सबै जिल्लामा निर्देशिसत गरिएको एमालेले जनाएको छ । नेकपा एकतामा माओवादीबाट आएका नेताहरुलाई पनि उनीहरु रहेको कमिटीमा जिम्मेवारीमा व्यवस्थापन गरिएको छ । नेता शंकर पोख्रेलले दिनुभएको जानकारी अनुसार १२ जिल्लाका पदाधिकारीको नामावली सार्वजनिक गरीएको छ। जसअनुसार एमालेले २ जेठअघि फर्काएको लुम्बिनीको नेतृत्व अन्तर्गत कपिलवस्तु जिल्लाको जिल्ला कमिटीको अध्यक्षमा झविलाल पोखरेल,उपाध्यक्षमा वावुराम खनाल,सचिवमा वावुराम आचार्य,उपसचिवमा विश्राम चौधरीलाई चयन गरीएको छ।
रुपन्देही जिल्लाको अध्यक्षमा शिवराज सुवेदी,उपाध्यक्षमा पुरुशोत्तम घिमिरे,सचिवमा जागेश्वरी चौधरी,उपसचिवमा गोपाल रानालाई चयन गरिएको छ। यस्तै दांग जिल्लाको अध्यक्षमा टिकाराम खडका,उपाध्यक्षमा हुकम वस्नेत,सचिवमा मनोहर वुढाथोकी,उपसचिवमा कृष्ण भुषाललाई चयन गरीएको छ। अर्घाखाची जिल्लाको अध्यक्षमा चेतनारायण आचार्य,उपाध्यक्षमा जिवनारायण कोइराला,सचिवमा तेजवहादुर रायमाझी,उपसचिवमा प्रेम गैरेलाई चयन गरीएको छ।
बर्दिया जिल्लाको अध्यक्षमा लाल वहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल, उपसचिवमा नुतन चौधरीलाई चयन गरीएको छ। बाके जिल्लाको प्रदेश अध्यक्षमा निरक गुरुङ,उपाध्यक्षमा किस्मत कक्षपती,सचिवमा रत्न खत्री, उपसचिवमा प्रमोद धिताललाई चयन गरीएको छ।यसैगरी रोल्पा जिल्लाको अध्यक्षमा वालाराम वुढा,उपाध्यक्षमा विजय घर्ती,सचिवमा निमप्रसाद रोका,उपसचिवमा राजेन्द्र वुढाथोकीलाई चयन गरीएको छ।
रुकुमपूर्व जिल्लाको अध्यक्षमा टोपवहादुर वली,उपाध्यक्ष्माा रुजिधन घर्तिमगर,सचिवमा लिलामणि गौतम्,उपसचिवमा तेजेन्द्र वुढामगर, लाई चयन गरीएको छ। प्यूठान जिल्लाको अध्यक्षमा तुलसी शर्मा,उपाध्यक्षमा हुकुम खडका,सचिवमा मोहन जिसीलाई चयन गरीएको छ भने उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने भएको छ। गुल्मीजिल्लाको को अध्यक्षमा मधुकृष्ण पंत,उपाध्यक्षमा वालसिहं काउछा,असचिवमा सोमप्रसाद सापकोटा, उपसचिवमा धर्म विकलाई चयन गरीएको छ ।
पाल्पा जिल्लाको ध्यक्षमा नारायण आचार्य,उपाध्यक्षमा मोहन थापा,सचिवमा ओजवहादुर घर्ति,उपसचिवमा कमल पाण्डे लगाएतलाइ चयन गरिएको छ।यसैगरी पश्चिम नवलपरासी जिल्लाको अध्यक्षमा तुलसी पासी,उपाध्यक्षमा डोलराज भण्डारी,सचिवमा थानप्रसाद गैरे,उपसचिवमा राजन आचार्यलाई चयन गरीएको छ।यो संगै लुम्विनी प्रदेशमा सर्बसहमत रुपमा २०७५ जेठको विद्यमान कमिटीलाई पुनरवहाली गर्दै माओवादीवाट आएकालाई समायोजन गरिएको एमाले प्रदेश कमिटीका कार्यलय सचिव बलराम अधिकारीले सामुदायिक रेडियो बुद्ध आवाजलाई जानकारी दिनु भयो ।
प्रतिक्रिया