प्रदेश

थारु समुदायको दोस्रो ठूलो पर्व अट्वारी आज



भालुवाङ २७ भदाै । थारु समुदायको दोस्रो ठूलो पर्व अट्वारी आज मनाइँदै छ । दाङ सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत थारु समुदायको बसोबास रहेका जिल्लाका थारु समुदायमा कुशै औंशी पछिको पहिलो आइतबार यो पर्व मनाइन्छ ।            आजको दिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरुको कल्याण भएको मान्यता अनुसार आज सूर्यको पूजाआराधना गरिन्छ । यस्तै महाभारतको कथा अनुसार पाण्डव मध्येका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरुसंग युद्ध लड्न गएका र युद्ध लडेर फर्किदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती अनुसार आज दिनभरी थारु समुदायका पुरुषहरु व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्छन् ।              आज दिनभरी व्रत बस्नुपर्ने भएकाले व्रत बस्ने पुरुषहरुले गएराती भाले नबास्दै भिनसर्‍या अर्थात दर खाने चलन रहेको थारु संस्कृतविद् अशोक थारु बताउछन । आज अट्वारीको दिन माछामासु बाहेक रोटि, दूध, दही, तरुल, फलफूल लगायतका परिकार अग्निमा चढाई पूजा गरीने उनको भनाई छ । भोलिपल्ट बिहानै व्रतालु पुरुषहरु नजिकैको जलाशयमा गई स्नान गरेर रोटि, माछा, बिभिन्न तरकारीका परिकारहरु अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याइन्छ ।यसरी छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिन जाने चलन रहेको थारुले बताए । दिनभरी परिवार र आफन्ती भेला भएर खानपिन गर्दै रमाईलो गरिन्छ ।         आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्त संगको भेटघाट, दुखसुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिने गरिन्छ ।

प्रकाशित : २७ भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६