अर्थ-वाणिज्य

एमालेलाई कमजोर पार्न खोज्दा गठबन्धनका दलहरु नै कमजोर सावित हुन पुगे : अधिकारी



कपिलवस्तु २९ भदौ ।नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले एमालेलाई कमजोर बनाउन षडयन्त्र रच्नेहरुनै अहिले कमजोर भएको बताउनु भएको छ । उहाले विभिन्न दलहरु एमालेलाई कमजोर बनाउन लागि परे पनि अहिले आएर उनीहरु स्वंयम कमजोर भएको औल्याउनुभयो । राष्ट्रिय युवा सघं नेपाल बाणगंगा नगरपालिका वडा नं २ वडा स्तरिय युवा भेला तथा अधिवेशनमा  सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । साथै उहाले आगामी निर्वाचनमा २ तिहाई बहुमतका साथ निर्वाचन जित्ने बताउदै पार्टीको गतिविधिलाई अगाडी बढाउन होस्टेमा हैसे गर्न युवाहरुलाई आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा एमाले नेता तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बोल्दै एमालेको बारेमा फैलाईएका भ्रमहरुलाई चिर्न युवाहरु लाग्नु पर्ने औल्याउनुभयो । उहाले देशको विकास तथा समृद्ध देश निमार्णका निम्ती पनि युवा पुस्ता लाग्न आवश्यक रहेको बताउनुभयो ।यसैगरी कार्यक्रममा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले  बोल्दै  नेकपा  एमाले सर्बहारा ,पछाडि परेको समुदाय, महिला  राज्यको मुल प्रवाहमा आउन नसकेका समुदायलाई  विभिन्न अवसर र हक हितको लागि काम गर्दै आएकोले जनताले एमालेलाई मन मस्तिस्कमा बसाली सकेको बताउनुभयो । 

यस्तै कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा बाणगंगा नगर प्रवक्ता विष्णु पौडेल, विश्व कार्की, राष्ट्रिय युवा संघ  केन्द्रिय सदस्य तथा  नगर कमिटी अध्यक्ष कमल क्षेत्री, युवा सघंका केन्द्रिय सदस्य सरिता थारु लगाएतले बोल्नुभएको थियो ।  रयुवा संघ बाणगंगा नगर कमिटी उपाध्यक्ष कमल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रम अनेरास्वीयु जिल्ला कमिटी पुर्व सहसचिव लक्ष्मण सापकोटाको संचालनमा सम्पन्न भएको हो । 


यसैविच राष्ट्रिय युवा सघं वडा कमिटीको सम्पन्न वडा अधिवेशनले दिलीप गाहाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ ।  जसको उपाध्यक्षमा  उपाध्यक्ष विनोद विक, सचिव टेकनारायण न्यौपाने, सहसचिव मन्जु बराल, कोषाध्यक्ष प्रकास बस्नेत रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ । निर्वाचित पदाधिकारीलाई युवा संघका केन्द्रिय स्थायी कमिटी सदस्य गोपालमणी ज्ञवालीले सपथ ग्रहण गराउनुभएको छ । 

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६