कपिलवस्तु ३० भदौ । पुर्व परराष्ट्र मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले एमसीसी नेपालमा भित्रिनेकाम शेरबहादुर देउवा सरकारमा हुँदा भयकोले फेलपास हुने विषयमा एमालेको कूनै संलग्नता नहुने वताउनु भएको छ।एमाले कपिलवस्तुले शिद्धार्थ क्याम्पसमा राखेको अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै उहाले यस्तो वताउनु भएको हो उहाले सत्ता साझेदार दलले मुख्य विपक्षीदलसंग लड्न मोर्चा बनाउने विश्वको एकमात्र देश नेपाल भएको वताउनु भएको छ । उहाले आफ्नो देशका नागरीकलाई नदीमा खसाएर मार्दा छिमेकी देशलाई सोध्न नसक्ने देश पनि नेपाल नै भएको वताउनु भएको छ। सिमा सन्धी भएको देश चिनसंग कृतिम सिमा विवाद खडा गर्ने तर अहिले सम्म सिमा सन्धी नभएको र सधैभरी हस्तक्षेप गर्ने भारतका विरुद्ध चुइक्क बोल्न नसक्ने देशको प्रधानमन्त्री पनि शेर वहादुर देउवा नै भएको वताउनु भएकोछ ।
उहाले वर्तमान सरकारले यी र यस्तै नयाँ किर्तिमान वनाउदै गएकाले आगामी चुनावमा उनीहरुको पत्तासाफ हुने दावि गर्नु भएको छ । एमाले सत्ता बाहिर रहेपनि कमजोर नरहेको बताउनु भएको छ । सत्तामा रहेकाहरुले नै प्रतिपक्षका विरुद्ध गठबन्धन बनाउनुले एमाले शक्तिशाली भएको जिकिर गर्नु भएको छ ।
अबको निर्वाचनमा नेकपा एमाले पहिलो शक्तिका रुपमा स्थापित भई सत्तामा जाने उहाँले जनाउनु भयो । वर्तमान सरकारले भुमिहिन र सुकुम्बासीलाई अलपत्र पार्ने , जयसिङ धामीलाई नदिमा डुबाउनेलाई खुशी पार्न चिन सँगको सिमा विवाद खडा गर्ने , अध्यादेशबाट पार्टी फुटाउदै लोकतन्त्रको हुर्मत लिने जस्ता काम गरेर नयाँ नयाँ कृर्तिमान बनाउदै गएको स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै केन्द्रीय नेता एवं लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीधारीलाल न्यौपानेले प्रचण्डले एक दुई वर्ष भित्रै आफु एक्लो हुने विष्लेषण गरेको प्रति संकेत गर्दै उहाँले अन्तरआत्माको कुरा बोलेको दाबी गर्नु भयो । प्रचण्ड पछिको जनयुद्धको दोस्रो कमाण्डर रामवहादुर थापा सहित मुलुकभरका माओवादी कार्यकर्ता एमालेमा गोलबन्द भएकाले माधव नेपालले छाडेर जादैमा एमाले कमजोर नहुने नेता न्यौपानेले जिकिर गर्नु भयो ।
सोहि कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं सांसद बिमला घिमिरेले कपिलवस्तुमा फुटको कुनै असर नरहेको र पार्टीमा कुनै पनि प्रकारको गुटबन्दी नदेखिएकाले अबको स्थानिय चुनाबमा पार्टीले धैरै स्थानमा विजय हासिल गर्ने औल्याउनु भयो । प्रदेश कमिटि सचिवालय सदस्य वलराम अधिकारीले एमाले नेकपाको बिरासतको रुपमा रहेकाले जनयुद्धदेखि जनआन्दोलनबाट प्राप्त परिवर्तनको भावी नेतृत्व एमालेले मात्र गर्न सक्ने बताउनु भयो ।
प्रदेश सांसद विष्ण पन्थिले पार्टीमा केहि नेताहरुले छाडेर गए पनि उहाँहरु नै पछुतोमा पर्ने बताउदै तल्लो तहका कार्यकर्तामा आधारित एमाले पार्टीले जनमत आफ्नो पक्षमा कायमै राख्ने दाबी गर्नु भयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका पार्टी अध्यक्ष झविलाल पोख्रेलले बोल्दै एमसिसीका बिषयमा नेपाली जनता सशंकित रहेकाले एमालले जनमतको भावना वुझेर कदम चाल्ने स्पष्ट पार्नु भयो ।
उहाँले यस विचमा एमाले कपिलवस्तुले आफ्नो गतिसिलता निरन्तर बढाएकाले आसन्न स्थानिय चुनाबबाट त्यसको नजिता देखाउने बताउनु भयो । जिल्लाका करिब एकहजार अगुवा कार्यकर्ता मात्र सहभागी गराइएको प्रशिक्षणमुलक कार्यक्रमको सहजिकरण पार्टी सचिव बाबुराम आचार्य र स्वागत पार्टी उपाध्यक्ष बाबुराम खनालले गर्नु भएको थियो । सो अवसरमा नेपाली कांग्रेसका युवा उदय पोख्रेल , माओवादी पूर्व लडाकु कमला बस्नेत सहितका १ दर्जन यूवा एमाले प्रबेश गरेका थिए ।
प्रतिक्रिया