अर्थ-वाणिज्य

अबसर नपाएका नेता एमाले मै पटक पटक अबसर लिएका अबसरबादी समाजवादीमा :रावल



धनगढी, २९ भदौं । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले  अबसर नपाएका नेता हरू एमाले मै बसेको तर पटक पटक अबसर लिएका अबसरबादी नेताहरूले पार्टी छाडेर समाजवादीमा लागेको वताएका छन। उनले आफ्नो स्वार्थ र पद पतिँस्ठा होइन पार्टी बचाउन कालागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

धनगढीस्थित एमाले पार्टी कार्यालयमा (मंगलबार) कार्यकर्तासँग छलफल गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले त्यसलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

रावलले आफूले पार्टीका लागि गरेको त्यागलाई कमजोरी ठानी कसैले पाखा लगाउन खोजेकोमा त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिए । ‘एमाले बचाउन लागि म मात्र होइन, सबै कार्यकर्ता त्याग गर्न तयार हुनु पर्दछ’, रावलले भने, ‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ती हुनेछ ।’

उनले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिन समेत आग्रह गरेका छन् । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिएका छन् । उनले अवसरवादी नेता–कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता–कार्यकर्ता एकताको पक्षमा हुँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलनमा परेको उनले आरोप समेत लगाए ।

रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप पनि लगाए । माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा गएका सुदूरपश्चिमका नेताहरुलाई इंगित गर्दै उनले आरोप लगाएका हुन् ।

‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईँको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु’, उनले भने, ‘यो धर्ती पल्टेला कमरेड तर तपाईको साथ छाड्दैनौं भन्थे । तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे ।’

उनले पार्टी छाडेर जानेलाई स्वार्थी भने । रावलले १० बुँदे सहमति कार्यान्वयन गर्नुमा सबै नेता–कार्यकर्ताको कर्तव्य रहेको पनि बताए । उनले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको बताए । आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा अहिले पनि कायमै रहेको उनले बताए । ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धी नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन’ रावलले भने ।

एमाले सुदूरपश्चिमको इन्चार्जलाई लिएर रावल र नेता लेखराज भट्टबीच विवाद छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। विवादबीच दुवै नेता अहिले काठमाडौंबाट सुदूरपश्चिममा केन्द्रित भएका छन्।

प्रकाशित : २९ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६