अर्थ-वाणिज्य

एमाले बन्न नपाउँदा असाध्यै पीडा भएको अष्टलक्ष्मीको खुलासा



काठमाडौँ, ३१ भदौ : नेकपा एमालेकी उपाध्यक्ष एवं वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २०७७ फागुन २३ को फैसलापछि एमाले बन्न नपाउँदा असाध्यै पीडा भएको बताएकी छिन् । फागुन २३ पछिका दिनहरु असाध्यै पीडादायी भएको उनको भनाई छ ।

बिहीबार नेकपा एमाले काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले भनिन्, ‘मेरो जिन्दगीमा त्यो बेला सबभन्दा पीडाको समय भयो । म रातभरि सुत्न सकिँन । किन हामी मिल्न सकेनौ रु भन्ने कुरा मनमा खेल्यो । तर ०७८ जेठ १ मा खुसी भएँ । एमाले विवाद मिलाउन कार्यदल बन्यो र त्यसले प्रस्ताव अघि ल्यायो अनि बल्ल आफ्नै घरभित्र पस्न पाउनेभयौ भनेर खुसी भएँ ।’

मुख्यमन्त्री शाक्यले यस प्रकारको विभाजन कहिल्यै नहोस् भन्ने कामना समेत गरिन् । ‘अब त यस्तो नेकपा एमालेभित्र कहिल्यै पनि नहोस् । टुक्रिने, फुट्ने, विभाजित हुने र नेकपा एमाले एकताबद्ध भएको हेर्न चाहने कुरा कसरी सम्भव छ र रु । त्यसैले अब यस्तो कहिल्यै पनि नहोस्,’ उनले भनिन् ।

शाक्यले अन्तरपार्टी संघर्षलाई अघि बढाउँदै पार्टीले जारी गरेका १२ वटा अन्तरपार्टी निर्देशनको अक्षरश पालना गर्न नेतृत्वलाई आग्रह गरिन् । ‘म विशेषगरी पार्टीको नेतृत्वलाई अपिल गर्छु, १२ वटा अन्तरपार्टी निर्देशन जुन जारी भएको छ, त्यसको अक्षरश पालना गरौँ । त्यसमा कुनै जालझेल र षड्यन्त्र आवश्यक छैन,’ उनले भनिन्, ‘७५ जेठ २ मा जे अवस्था छ, उसैलाई नेतृत्व मानेर अगाडि बढौँ ।’

उनले अब पार्टीमा जालझेल आबश्यक नरहेको समेत बताइन् । भनिन्, ‘अब त यस्तो नेकपा एमालेभित्र कहिल्यै पनि नहोस् । टुक्रिने, फुट्ने, विभाजित हुने र नेकपा एमाले एकताबद्ध भएको हेर्न चाहने कुरा कसरी सम्भव छ र ? त्यसैले अब यस्तो कहिल्यै पनि नहोस् ।’

‘माधव नेपालले लिएको बाटो ठिक होइन’

शाक्यले नयाँ पार्टी बनाएका माधव नेपालले हिडेको बाटो गलत भएको बताइन् । ‘म भन्छु, माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीतिक होइन, जुटको एकजुटको सुदृढ राजनीति आवश्यकता छ । माधव नेपाल हामी सबैको नेता हो। आज आफूले जीवन दिएको पार्टी चटक्क त्यागेर नयाँ जनमत सिर्जना गर्छु भन्नु सही हुन सक्दैन।’

नेतृ शाक्यले दुःख गरेर जन्माएको पार्टी भएकाले माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरिन् । भनिन्, ‘आफूले दुख गरेर जन्माएको पार्टी एमाले हो। उहाँले समीक्षा गर्नुस्, फर्केर आउनुहोस् । सुदृढ एमाले बनाउनुपर्ने अहिलेको आवश्यकता छ। पार्टीको त्यत्रो पंक्तिालई अलमल्याएर राख्नु ठीक छैन।’

शाक्यले कम्युनिष्ट आन्दोलन अघि बढेको हेर्न नचाहनेले अनेकौँ खेल गरेको पनि बताइन्। ‘त्यो खेलको शिकार कम्युनिष्ट आन्दोलनको नेतृत्व भएको हो। मैले सुदृढ एमाले बनाउनुपर्छ भनेर अघि बढिरहँदा, कहिले नोक्सान कहिले सफलता हाँसिल गरिरहँदा विचारबाट विचलित भयौँ’, उनले थपिन्, ‘पार्टीमा राजनीतिक वैचारिक प्रशिक्षण कहिले भएन।’

उनले नवौँ महाधिवेशनबाट ‘समृद्ध नेपाल सुखी नेपाली’ भने पनि प्यानल बनाएर लड्नु गल्ती भएको बताइन। ‘तर हामीले दुईवटा प्यानल बनाएर लड्दा गुटबन्दी र अनेक विवाद सिर्जना भए। कहिले पनि सगोल एमाले हुन सकेन’, शाक्यले थपिन्, ‘अब हामीले कहिले पनि प्यानल बनाएर चुनाव लड्नु हुँदैन। हामीले यसअघि सुदृढ एमाले होइन कमजोर एमाले बनायौँ। अब हामीले निर्मम समीक्षा गरेर ठीक र बेठीक नछुट्याई अघि बढ्नु हुँदैन। निर्मम समीक्षा गर्नैपर्छ। त्यो आँट गर्नैपर्छ।’

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६