अर्थ-वाणिज्य

बित्तिय सस्था बिहिन जगदिशपुरमा एकैसाथ ३ बैकका शाखा खुल्ने संभावना



कपिलवस्तु १ असोज । तिलौराकोटपछि कपिलवस्तुको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा देखा परेको जगदिशपुर ताल , सग्रहवा क्षेत्र ,कनकमुनि बुद्धको जनम भूमी निगालीकोट , अरौराकोट सहितका महत्वपूर्ण पर्यटकीय गन्तबय रहेको जगदिशपुरमा अहिले सम्म बैक तथा वित्तिय सस्थाको पहुँच पुग्न सकेको छैन । वित्तिय कारोवारको उच्च संभावनाको ठाउ भएर पनि त्यहा बैक तथा वित्तिय सस्था किन आएनन् ? यो विषयमा त्यहा आउने पर्यटकले प्रश्न गर्ने गरेकाछन् । 

नजिकै थारु होम स्टेसेवा पनि सूचारु भएको छ । जगदिशपुर तालमा डुंगा संचालनमा आएको छ । यसै हप्तावाट दैनिक २५० देखि १००० सम्म पर्यटक जगदिशपुर आउन थालेको वडाध्यक्ष शिव वाग्लेले जानकारी दिनु भयो । उहाले भन्नु भयो जगदिशपुरमा प्रहरी चौकी संचालनमा छ । बैक तथा वित्तिय सस्थाको अफिसका लागि सुविधा युक्त भवन भाडामा उपलब्ध हुने गरी बनेका छन् । जगदिशपुर आसपासमा ठूला ठूला पार्टी प्यालेश र रेष्टुरेन्ट संचालनमा आएका छन् । 

तर यहा वित्तिय सस्थाको अभावले समस्या पैदा भएको छ । कपिलवस्तु नगरपालिका वडा नं ९ले  गर्ने वित्तिय कारोवारमा समेत प्रभाव परेकोछ । सो क्षेत्रमा एक मात्र साना किसान कृषिसहकारी सस्था रहेकोछ । त्यसले वित्तिय कारोवार भन्दा दुग्ध संकलन र वितरणमा आफ्नो सेवा केन्दीत गरेकोछ । त्यो वाहेक कुनै वित्तिय सस्था जगदिशपुरमा रहेका छैनन। 

प्रदेश सांसद विष्णु पन्थीले जगदिशपुर क्षेत्रमा जान केहि बैकहरुले रुची देखाएकाछन् तर कोभिडले गर्दा ती सस्थाले काम गर्न सकेनन् अव दशै सम्ममा कुनैन कुनै बैकको शाखा  खुल्ने वताउनु भयो । एउटा बैक गयो भने २/३ वटा प्रतिस्पर्धा गर्न जानेछन् तर अहिले पहिला कुन पुग्ने भन्नेमा समस्या आएको हो उहाले भन्नु भयो । 

बैकलाई ठूलो संभावना भएको क्षेत्र हो । वित्तिय कारोवारका हिसावले त्यहा आउने स्वदेशी र विदेशी पर्यटक , होमस्टेका पाहुना , वडा कार्यलयको कारोवार साना किसान कृषि सहकारीको कारोवार , सामुदायिक विधुत वितरण सस्थाले संकलन गर्ने विधुत महशुलको कारोवार ,दैनिक डुंगा संचालनवाट उठ्ने राजश्व ,खानेपानी आयोजनाले संकलन गर्ने खानेपानी महशुल लगाएतका कारोवारले कम्तीमा ३ वटा बैकका शाखा ढुक्कले चल्ने सांसद पन्थीले वताउनु भयो । 

प्रकाशित : १ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६