अर्थ-वाणिज्य

मुख्यमन्त्रीको संपर्क कार्यलय भालुवाङमा :रोल्पा सहितलाई जोड्ने बुटवललाई छुटटाउने सिफारिस



भालुवाङ २ असोज ।  लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ। मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न  पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। 

बैठकले पदक सिफारिश समितिले गरेको सिफारिशअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय गरेको छ ।  असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको हो ।

यी पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ। बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए ।  यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ । यसैगरि बैठकले  कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ । 

प्रदेश सरकारले झिमरुक गाउँपालिकाको गाउसभाबाट प्राप्त प्रस्ताव अनुसार गाउपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्न, त्रिवेणी गाउँपालिकाको वडाहरुलाई थपघट र समायोजन गर्ने, रोल्पा नगरपालिकाको वडाहरुलाई थपघट र समायोजन गर्न संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। यसैगरि बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ। 

प्रकाशित : २ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६