बुटवल २ असोज । लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम हटाएर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागू गर्ने निर्णय गरेको छ।तत्कालिन शंकर पोखरेल नेतृत्वको लुम्विनी प्रदेश सरकारले प्रस्तुत गरेको पहिलो बजेट बाटै महत्वपुर्ण कार्यक्रमको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको रुपमा सूरु गरेको थियो।
सरकारले २०७५ सालदेखि सूरु गरीएको उक्त कार्यक्रम पहिलो बर्ष एउटा निर्वाचन क्षेत्रको एउटा पालिकामा लागु गरेको उक्त कार्यक्रम पछिल्लो पटक प्रदेशका सबै १०९ वटै पालिकामा लागु गरिएको थियो।यस पटकको बजेटमा समेत समावेस गरिएको उक्त कार्यक्रम कुल प्रसाद केसी नेतृत्वको सरकारले भने उक्त कार्यक्रम हटाएर मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागू गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कृष्ण ध्वज खड्का बताए।
सुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागू गर्ने कार्यविधि तर्जुमा÷परिमार्जन÷संशोधन गर्ने निर्णय गरेको प्रवक्ता खडकाले बताए।
प्रतिक्रिया