(२असोज) काठमाडौं महानगरपालिका का प्रमुख विद्यासुन्दर शाक्यले बताए काठमाडौं लाइ ऐतिहासिक सम्पदा धार्मिक पर्यटनसँग जोड्दै धार्मिक पर्यटकीय सहरको पहिचान दिने अभियानमा लागेको ।
गृह वडा वडा नम्बर–२१ को इनाखामा अवस्थित गणेश मन्दिरको उद्घाटन गर्दै उनले ३२ वटै वडामा सम्पदा निर्माण–पुर्ननिर्माणलाई प्राथमिकता दिएको बताए । उनले काठमाडौं महानगरले सांस्कृतिक सहरको पहिचान बनाएको भन्दै यो पहिचानलाई जीवन्न राख्नका लागि परेको पनि बताए ।
‘काठमाडौं मन्दिर नै मन्दिर भएको महानगरपालिका हो । यहाँ घरबाट बाहिर निस्किने बित्तिकै मन्दिर नै मन्दिर भेटिन्छ,’ शाक्यले भने, ‘तर, आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर काठमाडौँ बाहिरका मन्दिरको दर्शन गर्न बर्षेनी लाखौं काठमाडौंबासी धार्मिक यात्राका लागि बाहिर जाने गरेका छन् ।’ उनले त्यसको अन्त्य गर्दै काठमाडौँ आउने सम्पूर्ण नेपाली र विदेशीलाई समेत यहाँको धार्मिक ऐतिहासिक महत्वका बारेमा अध्ययन अनुसन्धान गर्ने धार्मिक–पर्यटकीय ठाउँ बनाउने बताए
प्रतिक्रिया