अर्थ-वाणिज्य

प्रदेश पदकले विभूषित ५७ जना को को हुन्?



बुटवल ३ असोज  । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसमा वितरण गर्ने प्रदेश पदक संविधान दिवसका अवसरमा घोषणा गरिएको छ । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ५७ जनालाई प्रदेश पदकले विभूषित गर्ने भएको हो ।

सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिश अनुसार संविधान दिवसको अवसरमा १० वटा विधाका पदकबाट विभूषित हुनेहरुको नाम घोषणा भएको हो ।सबैभन्दा ठूलो प्रदेश प्रमुख सेवा पदक ‘क’ जनता समाजवादी पार्टीका नेता अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भूमिराज आचार्यलाई प्रदान गरिने भएकोछ।

उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गर्ने निर्णय भएको हो ।

यस्तै प्रदेश प्रमुख सेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादव र रुकुम पुर्वका प्रेम मल्ल र दिलमाया बीएम (पति–पत्नी) २ जनालाई प्रदान गरिने भएको छ । दुबैजनाले जनयुद्धका क्रममा शहादत प्राप्त गरेका हुन् ।

यस्तै प्रदेश प्रमुख सेवा पदक ‘ग’ ४ जनालाई दिइने भएको छ । जसमा बांकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका (तीनैजना शहीद) र बर्दियाकी निर्मला योगी (वेपत्ता) रहेका छन् ।

यस्तै मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ एकजनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दुईजनालाई, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ दुईजनालाई दिइनेछ । प्रदेश सेवा समर्पण क एकजनालाई, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग २ जनालाई दिइने प्रदेश राजपत्रमा उल्लेख छ ।

यस्तैगरी उजिरसिंह दीप पदक ख ४ जनालाई, उजिरसिंह दीप पदक ‘ग’ २ जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ ८ जनालाई,  समाजसेवा श्री पदक ‘ग’ २ जनालाई, प्रदेश रत्न पदक ‘ख’ १ जनालाई, प्रदेश रत्न पदक ग २ जनालाई, पुथाश्री शिखर पदक ग १ जनालाई, प्रदेश प्रज्ञा पदक ख २ जनालाई दिइने भएको छ।

यस्तै प्रजापति गौतमी पदक ‘ख’ १ जनालाई, प्रजापति गौतमी पदक ‘ग’ २ जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ १ जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ १ जनालाई दिइने राजपत्रमा उल्लेख छ ।

उक्त पदकहरु प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गरिनेछ ।

प्रकाशित : ३ आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६