भैरहवा ४ असोज । लुम्बिनी प्रदेशका मूख्यमन्त्री कुल प्रसाद केसीले रुपन्देहीका पत्रकार बिन्दु कुमार चौहानको छोराछोरीको ब्यवस्थापन गर्ने आश्वासन दिएका छन् ।शनिबार परिवारलाई समवेदना दिन चौहान परिवारको निवासमा पुगेका केसीले दयनीय आर्थिक अवस्था देखेपछि उनका छोराछोरीलाई व्यवस्थापन गर्ने बताएका हुन् ।
आर्थिक रुपमा विपन्न रहेका पत्रकार चौहानको मृत्युपछि उनको परिवार अहिले चरम अभावमा रहेको छ । चार छोरा, तीन छोरी र श्रीमतीका अभिभावक चौहानको भदौ २९ गते उपचारको क्रममा निधन भएपछि उनको परिवार बिचल्लीमा परेको थियो ।
प्रतिक्रिया