कपिलवस्तु ४ असोज। कपिलवस्तुको बिजयनगर गाउपालिका ३ मा गठन भएको एकता रेडियो श्रोता समूहले जनप्रतिनिधि संग सवाल जवाफ कार्यक्रम सम्पन्न गरेको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत पत्थरदेहियामा गठन गरिएको समूहले आर्थिक बर्ष २०७८÷०७९ को बजेट र योजनाको बिषयमा छलफल गर्दै जनप्रतिनिधि संग सवाल जवाफ गरेको छ।
कार्यक्रममा श्रोता समूहका सदस्यहरुले आफनो गाउँठाउका समस्याहरुका बिषय ,अवका दिनमा गाउमा गर्नुपर्ने काम लगाएतका बिषयमा सवालहरु उठाएका थिए । यस्तै समूहका सदस्यहरुले गाउमा शौचालय बनाइएपनि त्यसको प्रयोगमा कमी भएको ,शुद्धखानेपानीको समस्या रहेको ,बर्खायाममा सडक हिलाम्मे हुने ,कृषि सम्बन्धी अनुदान बिउविजन वितरणमा प्रभावकरी नभएका लगाएतका बिषयहरु उठाएका थिए । उक्त कार्यक्रममा उठाइएका बिषयबस्तुलाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष गोपाल बहादुर थापाले सबै सवालहरुप्रति गाउपालिका गम्भिर भएर लागेको भन्दै पालिकाको श्रोत साधनले भ्याएसम्म काम गरिरहेको बताउनुभयो ।
यस्तै गाउपालिका शुरुका बर्षबाट नै आधारभूत आवश्यकताहरु पूरा गर्ने चरणमा सबै काम अघि बढाईरहेको स्पष्ट पार्नूभयो । सबै गाँउटोलका सडक ग्राभेल यो बर्ष पूरा हुने बताउदै एक घर एक धारा खानेपानीको योजनालाई तिब्र गतिमा अघि बढाएको बताउनुभयो । यसैगरि कार्यक्रममा बोल्दै बिजयनगर गाउपालिका ३ का वडा अध्यक्ष बुद्धिराम अर्यालले सबै समूहका सदस्य र उपस्थित सबैले रोखेका समस्याहरु पूरा गर्दै जाने बताउनुभयो ।
शिक्षा ,स्वास्थ र कृषिलाई प्राथमिकतामा राख्दै सिपमुलक ,ब्यवसायिक हुने खालका कार्यक्रम सञ्चाल गर्दै जाने आश्वासन दिनुभएको छ । यसैगरि श्रोता समूहसंग मिलेर सहकार्य गर्दै गाउँठाउको बिकासमा लाग्ने उहाको भनाई छ । श्रोता समूहका सहसंयोजक श्यामकुमारी बिश्वकर्मामको अध्यक्षता र सहजकर्ता श्रीषा आचार्यको स्वागत मन्तब्यमा भएको शुरु भएको कार्यक्रममा ईन्द्रेणी ग्रामिण बिकास केन्द्रका संस्थागत बिकास सहजकर्ता दिपक भण्डारी , जनता आधारभूत बिद्यालय पत्थरदेईया बिद्यालयमा प्रअ राजकिशोर मिश्रा लगाएतले आआफ्नो भनाई राख्नुभएको थियो
प्रतिक्रिया