प्रदेश

सुनितालाई कलिलो उमेर मै देशभरमा विद्यार्थीको नेतृत्व : पाण्डे र प्रजापति उपाध्यक्ष र सचिव



कपिलवस्तु ४ असोज  । देश कै सर्वाधिक शक्तिशाली विद्यार्थी संगठन एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले सुनिता बरालको नेतृत्वमा ३२ सदस्यीय पदाधिकारी चयन गरेको छ । शनिवार सम्पन्न सचिवालय बैठकले अध्यक्ष ऐन महरलाई बिदा दिँदै बराललाई अध्यक्षमा चयन गरेको हो ।सुनितालाई ३० बर्ष नपुग्दै अनेरास्ववियूका तर्फवाट देशभरका विद्यार्थीको नेतृत्व गर्ने अवसर मिलेको हो । 

यसपालि छानिएको नेतृत्वमा कपिलवस्तुले पहिलो पटक केन्द्रिय सचिव पाउन सफल भएको अनेरास्ववियूका संयोजक वावुराम अर्यालले वताउनु भयो । यस अघि स्थायी कमिटी सदस्य रहेका तौलिहवाको राजनैतिक पृष्ठभूमीका विद्यार्थी नेता  श्याम प्रजापति सचिव हुन सफल हुनु भएको हो । यसै गरी उपाध्यक्षमा रुपन्देहीका यम पाण्डेले जिम्मेवारी पाउनु भएको छ ।

बैठकले बरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने र महासचिवमा समिक बडाल चयन गरेको छ ।दश उपाध्यक्ष, पाँच उपमहासचिव, १२ सचिव र एक कोषध्यक्ष चयन गरेको छ । बैठकले ९९९ को राष्ट्रिय परिषद, ४६५ को केन्द्रीय कमिटी, २३२ को सचिवालय र ३२ सदस्यीय पदाधिकारी निर्माण गरी अनेरास्ववियु पुनर्गठन गरेको हो ।

जस अनुसार कपिलवस्तुवाट केन्द्रिय सचिवालय सदस्यमा  टुकलाल गैरे र केन्द्रिय सदस्यमा बाबुराम अर्याल र इन्दिरा पौडेलले जिम्मेवारी पाउनु भएको छ । 

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६