बुटवल ४ असोज । यातायात व्यवस्था कार्यालय रुपन्देही मार्फत परिक्षण कालिन लाइसेन्स वितरण शुरु भएको छ । सवारी चालक अनुमति पत्र लुम्बिनी प्रदेश कार्यालयले परीक्षणकालीन रुपमा वितरण शुभारम्म गरेको छ ।सोमबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले परीक्षणकालीन अनुमति पत्रको शुभारम्म गरेका हुन् ।शुभारम्म कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा अब प्रदेशमा एकै प्रकारको सवारी चालक अनुमति पत्र लागु गरिने बताए ।
उनले नवीकरण र नयाँ सवारी चालक अनुमति पत्र एकै प्रकारको लागु गरिने बताउँदै सवारी चालक अनुमति प्राप्त व्यक्तिले संसारको जुनै ठाउँमा पनि रोजगारी प्राप्त हुने वातारण सिर्जना गर्न पहल गर्ने बताए । केसीले प्रदेशमा असरल्ल परेको यातायात प्रणालीमा सुधार आउने दाबी गरे ।केसीले अब चाँडै नै लुम्बिनी प्रदेशका अन्य स्थानबाट पनि सवारी चालक अनुमति पत्र वितरण गर्ने कार्यलाई तीव्रता दिने बताउँदै यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न प्रदेश सरकार लागि रहेको बताए ।
प्रतिक्रिया