प्रदेश

एमाले सांसदले नारावजी गरेकै अवस्थामा वजेट पारित



काठमाडौं ४ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ। बजेट पारित नहुँदा भदौदेखि ३१ सरकारी खर्च रोकिएको थियो। तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो।

सोमबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।  बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्नेछ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६