काठमाडौं, ५ असोज । सरकारले केपी शर्मा ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने । सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन् ।
यो निर्णयसँगै २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेकी प्रतिभा राणा समेत फिर्ता हुने भएकी छन् । यसबाहेक अन्य देशमा पनि परराष्ट्र मन्त्रालयका कर्मचारी भएका कारण नियुक्त भएकाबाहेक सबै राजदूत फिर्ता हुने छन् । कर्मचारीबाट सिफारिस भई कार्यक्षेत्रमा खटेकाहरू भने सम्बन्धित देशमा नै कार्यरत रहने छन् ।
प्रतिक्रिया