जीवनशैली

कारण पत्ता नलाग्दा १६ दिन सम्म पनि उठेन सिताको शव



बुटवल ५ असोज आज १६ दिन वित्यो। तिलोत्तमा नगरपालिका वडा नं ५ मा आफ्नै घरमा मृत फेला परेकी २७ बर्षीय सिता भण्डारीको मृत्युको कारण अझै खुलेको छैन। माईतिमा आमाबाबु छोरीको मृत्यु हुनुको कारण खोजिरहेका छन् । कारण पत्ता नलागी शव नबुझ्ने अडान लिएपछि मृत्यु भएको दुई सातासम्म शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा छ । भदौ २० गते पासो चुँडिएको अवस्थामा कफि कम्पनी स्थित घरको आफ्नै कोठामा मृत फेला परेकी थिइन्, सिता । पोष्टमर्टममा झुण्डिएर मृत्यु भएको देखियो । प्रहरीले रिपोर्टलाई आधार मानेर आत्महत्या ठहर्‍यो । तर, माइतिलाई प्रहरीको ठहर मान्य थिएन । 

उनीहरुले सीताले आत्महत्या गरेको नभई उनको हत्या गरिएको दाबी गर्दै छानबिनपछि मात्रै शव उठाउने माइती पक्षले अडान लिए । घरमा पति टिका पौडेल र उनकी दिदी विष्णु पौड्यालले हत्या गरेको आरोप लगाउँदै सिताका बाबु हरिप्रसाद भण्डारीले किटानी जाहेरी दिन इलाका प्रहरीमा गए । तर प्रहरीले आफ्नो ठहरबाट टसमस हुन मानेन र उनलाई फर्काइदियो । हत्याको जाहेरी लिन नमानेपछि बाबु हरिप्रसादले घरपक्षका टिका र विष्णुविरुद्ध आत्महत्या दुरुस्साहनको मुद्दा दायर गरेर फर्किए । तर मलाई यो हत्या नै हो भनेर थाहा थियो । उनले आत्महत्या गर्नु पर्ने कुनै कारण नै थिएनन्, उनले भने ।

प्रहरीले हत्याको जाहेरी लिन नमानेपछि माइतिपक्ष आन्दोलनमा उत्रियो । तिजको लहर चलिरहेका समयमा सिताका माइतिपक्ष मृत्युको कारण पत्ता लगाउन प्रहरीलाई दवाव दिन हप्तादिन नै आन्दोलनमा उत्रिनु पर्‍यो। दवाद बढेपछि बल्ल सिताका पति टिका र उनकी दिदि विष्णुलाई प्रहरीले हिरासतमा लियो ।बाबु हरिप्रसाद भण्डारीका अनुसार सीता र टीकाबीच २ वर्षअघि मागी विवाह भएको हो। विवाहपछि उनीहरू पाल्पा तानसेनमा दी दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए। उनीहरू दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए। घरमा एक दिन बसेपछि सीता ७ भदौमा तिलोत्तमा(४ मा रहेको माइती गएकी थिइन्।

मृत्यु हुनुभन्दा १ दिन अघि १९ भदौमा श्रीमान् टीकाले भतिजको जन्मदिन छ भनेर सीतालाई घर बोलाएका थिए।“भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर गएकी थिइन्,” सीताका बुवा हरिप्रसाद भण्डारीले भने ।२० गते बिहान ५ बजेतिर टीकाले ससुरा हरिप्रसादलाई जरुरी काम छ तुरुन्त आफ्नो घर आउनू भनेर बोलाएका थिए। हरिप्रसाद छोरीको घर पुग्दा सीताको मृत्यु भइसकेको थियो। तर टीका घरमा थिएनन्। केही समयपछि उनी मदिरा सेवन गरेर आएको र उनले आफ्नी दिदीका कारण घरका अरू मान्छेको पनि ज्यान खतरामा रहेको बताएका हरिप्रसाद बताउँछन्।

सीताको घाँटीको पासो काटिएको अवस्थामा थियो। सीताको मृत्युको जानकारी परिवारका अरू सदस्यलाई नहुनु, प्रहरी नआउँदै पासो काटिनु, मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ। पोष्टमार्टम रिपोर्टमा आर्थिक चलखेल गरी आत्महत्या बनाइएको माइती पक्षले आरोप लगाएका छन्। परिवारको दवावपछि घटनामा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) संलग्न भएको छ । प्रहरीले घटनाबारे सत्यतथ्य छानबिन नगरेको आरोप लगाएका माइतिपक्ष सीआईबीको संलग्नताले आसावादी बनेका छन् ।

तर, मृत्युको वास्तविक कारण पत्ता नलाग्दासम्म भने शव नबुझ्ने उनीहरुले अडान कायमै राखेका छन् । सिताका भाइ सुरज भण्डारीले भने, हामी कारण पत्ता लगाउन चाहान्छौं । घटनाबारे एउटा निष्कर्ष निस्किएपछि बल्ल शव बुझ्छौं ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो९सीआइबी०ले अध्ययन गरिरहेको बताए । “अहिले मृतकको पति, पतिको भाइ र पतिको दिदिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ।,”  कुँवरले बताए।

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६