काठमाडौं ७ असोज ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका लागि एमसीसी भन्दा गठबन्धन मुख्य भएको बताएका छन् । बिहीबार काभ्रेमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी सम्झौताका कारण सत्तारुढ गठबन्धन नटुट्ने बताए ।‘गठबन्धनमा के सहमति छ भने एमसीसी हाम्रा लागि मुख्य होइन गठबन्धन मुख्य हो । यसमा हामी सहमत भएर हिँडेका छौं । ढुक्क हुनुहोला’ उनले भने । प्रचण्डले एमसीसीलाई अगाडि ल्याएर गठबन्धन टुटाउने षड्यन्त्र भएको पनि बताए । एमसीसी ल्याएर दिमाग खराब गरिदिने, गठबन्धन टुटाइदिने सपना देखेका छन्, एमसीसी भएपछि शेरबहादुर र प्रचण्ड झगडा गर्छन् भन्ने छ’ प्रचण्डले भने ।आफूहरु एमसीसी परिमार्जन र संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको प्रचण्डको भनाई छ ।
७ आश्विन २०७८, बिहिबार
प्रतिक्रिया