प्रदेश

यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई जिबिकोपार्जनमा सघाउदै स्थानिय पालिका



बिकास थापा, कपिलवस्तु असोज ७  ।

लैंगिक तथा यौनिक अल्पसंख्यकलाई परिवार र समाजले गर्ने विभेद, हिंसा र तिरस्कारका कारण उनीहरू अझै पनि कतिपय खुलेर बाहिर आउन सकिरहेका छैनन् । समलिंगी, तेस्रोलिंगी, द्विलिंगी र अन्तरलिंगी हुनु कुनै रोग वा विकृति होइन । तर, पनि समाजमा यो अझै अपाच्य छ । पछिल्लो समय यस समुदायका मानिस खुल्दै आउँदा एउटा जमात खडा हुँदै गएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि काम गर्ने संस्थाको क्षमता अभिवृद्धिका साथै रोजगारीमा आवद्ध हुनका लागि र सशक्तीकरणका कामहरु गर्नका लागि प्रत्येक वर्ष दिइने अनुदान रकम आगामी आर्थिक वर्षमा बढउदै लैजाने पालिकाका जनप्रतिनिधिहरुले आश्वसन दिदै आएका छन ।

No description available.

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार संरक्षण गर्न र उनीहरुको जिबिकोपार्जनमा कपिलवस्तुका स्थानिय पालिकाहरुले सहयोग गर्दै आएका छन । पछिल्ला बर्षहरुमा स्थानिय पालिकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि बजेट बिनियोजन गर्दै आउन थालेका हुन । पालिकाहरुले प्रत्येक बर्ष २ देखी ३  लाख सम्म बजेट बिनियोजन गर्दै आएका छन । जिल्लाका १० वटै पालिका संगै ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपाल लगाएत अन्य संघसस्थाहरुले पनि यो समुदायलाई प्राथमिकतामा हेर्न थालेपछि यौनिक तथा अल्पसंख्यकहरु खुलेर समाजमा आउन थालेका छन । जो अहिले आत्मसम्मान संगै आफ्नो पहिचानसँगै कानुनी अधिकार प्राप्तिका लागि संघर्षरत छन् ।

प्रेरणाको श्रोत प्रेरणा बिष्ट

आफू र आफ्नो समुदायका अन्य व्यक्तिको हक, अधिकार र पहिचान स्थापित गर्नका लागि आवाज उठाउनेहरू एलजिबिटिआई समुदायमा थुप्रै छन् । यसमध्ये कपिलवस्तु जिल्लामा रहेको नव जिवन कपिलवस्तुका संयोजक प्रेरणा बिष्ट सबैको प्रेरणाको श्रोत बन्नुभएको छ । उहाको जन्म दाङ घोराहीमा भएको हो । उहा अहिले नवजिवन कपिलवस्तुको संयोजक भई काम गर्नुभएको छ ।

No description available.यौनिक तथा अल्पसंख्यकको मानव अधिकारको संरक्षण र सम्मान रुपमा बाँच्न पाउने हकको सुनिश्चित गर्न संघ ,प्रदेश र स्थानिय  पालिकाहरुमा आवाज उठाउदै आउनुभएको छ । कपिलवस्तु जिल्लामा हाल सम्म ३ हजार ४ सय भन्दा धेरै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका व्याक्तिहरु हाल सम्म नव जिवन कपिलवस्तुको सम्पर्कमा आएको संयोजक बिष्टको भनाई  छ । हरेक बर्ष यो समुदायका नागरिकहरुले  समाजमा खुलेर आउन थालेका छन ।

उहा बिगतका दिनहरुमा समलिंगी तेस्रोलिंगीको न्यून मात्रामा खुलेर आएता पछिल्ला दिनहरुमा धेरै खुलेर आएको बताउनुभयो ।

No description available.उनीहरुका लागि पालिका र बिभिन्न संघसस्थाबाट आएको बजेटलाई सदुयोग गर्दै सिपमुलक क्रियाकलाप जोडैदै नवजिवन कपिलवस्तु आईरहेको छ । लकडाउनको समयमा पनि नवजिवन कपिलवस्तुले राहत वितरणको कामलाई अघि बढाएको थियो । पालिकाबाट आएको बजेटलाई आयआर्जनका क्षेत्रसंग जोडर यो समुदायलाई अघि बढाउने उहाको योजना रहेको  छ । यस समुदायप्रति दुव्र्यवहार गर्ने, घृणाको दृष्टिकोणले हेर्ने समाजको दोषलाई चिर्दै अघि बढिरहनुभएको छ । एलजिबिटिआई समुदायमा रहेको एचआइभीको उच्च दर न्यूनीकरणका लागि पनि अग्रसर बनाउदै आएको उहाको भनाई छ ।

समुदायका लागि आनिक रानाको संघर्ष र योगदान

आनिक राना मगर, रुपन्देही बस्ने नेपालका तेस्रोलिङ्गी अधिकारकर्मी हुुनुहुन्छ । पुरुष वा महिला उल्लेख गरी नागरिकता लिइसकेका तेस्रोलिङ्गी व्यक्तिहरूले नागरिकतामा आफ्नो लैङ्गिक विवरण र नाम सच्याउन पाउनु पर्ने विषय लिई सर्वोच्च अदालतमा उनले रीट समेत हाल्नुभएको थियो । अनि २०७३ सालमा रीट निवेदनको पक्षमा फैसला पनि भयो ।

No description available.उहाले लामो समयदेखी यौनिक तथा अल्पसंख्यकको अधिकार संरक्षणका लागि लड्दै आउनुभएको छ । संगै नीलहिरा समाजका आनिक राना मगरले पालिका देखी प्रदेश र केन्द्रमा आवाज उठाउदै आउनुभएको छ । तेस्रो लिङ्गीका लागि पनि विशेष व्यवस्था गर्नुपर्ने माग उहाले हरेक कार्यक्रममा राख्दै आउनुभएको छ ।  समुदाय अझै पनि खुलेर बाहिर आउन नसकेको बताउँदै संविधानमा लेखिएका अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

No description available.आनिक राना संगै उक्त समुदायको हक अधिकारका लागि काम गर्दै आउनुभएका अधिकारकर्मीहरुले कक्षा ६, ७ र ८ कक्षामा एलजिबिटिआईको पढाइहुनपर्ने माग पनि गर्दै आउनुभएको छ । यस्तै लैङ्गिक पहिचान सहितको नागरिकता तथा राहदानी, समलिङ्गी विवाह, लैङ्गिक मैत्री शब्दहरुको प्रयोग, रोजगार र नीतिगत तहमा आरक्षणको व्यवस्था, स्वास्थ्य र शिक्षामा पहुँच बढाउन मा पनि गरिरहनुभएको छ । यस्तै मेरो गण्ना मेरो सहभागिता जनगण्नाको लागि नगरपालिका र वडा कार्यालयहरुमा भेटघाट र यौनिक तथा लैंिगक अल्पङ्ख्यक समुदायको गणनामा कोही नछुटु भन्ने अभियान पनि निरन्तर चलाई रहेको उहाको भनाई रहेको छ ।  

No description available.

संविधान र कानुनमा

नेपालको संविधानको धारा १२ मा समलिंगी, तेस्रोलिंगीले नागरिकता पाउने व्यवस्था उल्लेख गरिएको छ । कतिपयले नागरिकता त पाएका छन तर नागरिकताको माध्यमाबाट केही भने गर्न सकेका छनैन ।  त्यस्तै  धारा ४२ मा उल्लेख भएको सामाजिक न्यायको हकअनुसार यौनिक तथा लैंगिक अल्पसंख्यकले रोजगारी पाएका छैनन् । राज्यले उनीहरूका लागि कोटा छुट्याएको अवस्था छैन । शिक्षामा सहज पहुँच छैन । संविधानमा उल्लेख गर्ने, कानुन बनाउने, तर व्यवहारमा कार्यान्वयन नभएका कारण यस समुदायका मानिस अझै पनि पछाडि परेका प्रेरणा बिष्टको भनाई रहेको छ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६