प्रदेश

प्रचण्डलाई घनश्याम भुसाल ले सामाजिक संजाल मा दिए कडा जवाफ



बुटवल, असोज ७ । नेकपा एमालेका उप महासचिव घनश्याम भुसालले आफुहरुका बारे चिन्ता नलिन र आफ्नै पाटी राम्रो बनाउन प्रचण्डलाई सुझाव दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताउदै घनश्याम भुसाल, योगेश भट्टराईलाई देख्दा दया लागेको बताएपछि भुसालले त्यसको जवाफ सामाजिक सञ्जाल मार्फत दिएका हुन।

भुसालले सामाजिक सन्जाल फेसबुक मार्फत भनेका छन् “कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं।”

भुसाल र भटराई प्रति संकेत गर्दै प्रचण्डले उनीहरुलाई देख्दा आफुलाई दया लागेको र उनीहरुलाई त्यहा बस्ने ठाउ नभएकोले ढिलो छिटो त्यहाँबाट निस्कने दावी गरेका थिए।

काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेकपा एकीकृत समाजवादी गठनमा आफूहरुको पनि मेहनत परेको बताउदै उक्त पार्टीसँग सहकार्य बढाउन कार्यकर्तालाई निर्देशन दिएका थिए।

प्रचण्डले विगतमा माधव नेपाल समूहमा रहेका र हाल नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरु घनश्याम भसाल, योगेश भट्टराईलगायतका नेताहरु पनि एमालेमा धेरै नटिक्ने दावी गरेका थिए।

प्रकाशित मिति: Sep 23, 2021

प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६