लुम्बिनी

स्व. नन्दराम पौडेल स्मृति पत्रकारिता पुरस्कार थापालाई



कपिलवस्तु ८ असोज । कपिलवस्तुको सबै भन्दा पहिलो संचार सस्था बुद्ध आवाज साप्ताहिक प्रकाशन गर्ने , कपिलवस्तुको एक मात्र दैनिक बुद्ध दर्पण प्रकाशन गर्ने र कपिलवस्तुको एक मात्र सस्थागत अनलाइन प्रेसपाटी संचालन गर्ने सस्था कमन नेपाल प्रालिको १५ औं  वार्षिक  साधारण सभा एक संक्षिप्त कार्यक्रमका साथ मनाइएको छ ।

सो साधारण सभाको समुद्घाटन गर्दै कमनका संचालक समेत रहनु भएका प्रदेश सांसद बिष्णु पन्थीले कमनले कपिलवस्तुको संचार यात्रामा जोखीम मोलेर चुनाती सामना गरेर पनि जनतालाई सूचनाको हक प्रत्याभूत गर्न १५ वर्ष देखि लागि परेको भन्दै कृतज्ञता प्रकट गर्नु भएको छ । उहाले कमनकालागि आफूले धेरै गर्न सोचेको तर कोभिड लगायतका अवरोधका कारण काम नभएकोमा अप्रशन्नता प्रकट गर्नु भयो । 

कमन नेपाल प्रा.लि.द्धारा स्थापना गरिएको स्व. नन्दराम पौडेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार विकास थापालाई प्रदान गरिएको छ । कमन नेपाल प्रा.लि.को १५ औं बार्षिक साधारण सभाको अवसर पारेर नगद तथा सम्मान पत्र सहित थापालाई पुरस्कृत एवं सम्मानित गरिएको हो  स्वर्गिय नन्दराम पौडेलको स्मृतिलाई कालान्तरसम्म जीवन्त राख्न कमनले ५ लाखको अक्षय कोष स्थापना गर्ने निर्णय गरेअनुसार  पहिलो वर्ष १ लाख कोषमा राखेकाले सोको ब्याजवाट रु १० हजार राशीकोे पहिलो पुरस्कार कलमजिवी यूवा पत्रकार एवम बुद्ध आवाज संचार गृहका समाचार सम्पादक विकास थापालाई प्रदान गरेको हो । 

बाणगंगा वडा न.७ को सनराईज रिसोर्टमा भएको कार्यक्रमा प्रमुख अतिथि प्रदेश सभा सदस्य विष्णु पन्थी, संविधान सभा सदस्य विशराम थारु, कमन नेपाल प्रा.लि.का अध्यक्ष डम्मर शर्मा, स्व. नन्दराम पौडेलकि पत्नी कमला पौडेल, संस्थाका प्रवन्धक लक्षमण वेल्वासेले संयुक्त रुपमा  पौडेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको थियो ।

यसैविच संविधान सभा सदस्य विश्राम प्रसाद थारुले कमन नेपाल प्रा.लि.को आगामि यात्रा सुखद,व्यवसायिकिकरणको शुभकामना व्यक्त गर्नु भएको छ  ।प्रा.लि.को १५औै बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष डम्मर शर्माले समंग्र सस्थाको अवस्थाबारे जानकारि गराउँदौ आफ्नो प्रतिवेदन शार्वजनिक गर्नु भएको थियो ।

त्यस्तै संस्थाका आर्थिक समिति प्रमुख भेषराज पाण्डेले आर्थिक बर्ष २०७७/०७८को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बुद्ध आवाज साप्ताहिकमा स्थापनाकाल देखि प्रधान सम्पादकको जिम्मेवारीमा रहेर कार्य गरिरहनु भएका पौडेलको २०७७ चैत्र ३१ गते सडक दुर्घटनामा परेर मृत्यु भएको थियो ।

 करिव चौध बर्ष सम्म बुद्ध आवाज साप्ताहिकमा प्रधान सम्मपादकको रुपमा संस्थालाई योगदान गर्नु भएका स्व. पौडेलको सम्झनामा  पुरस्कार स्थापना गरिएको कमन नेपाल प्रा.लि.ले जनाएको  छ । सस्थाका सदस्य पोमनारायण पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्ध निर्देशक लक्षमण वेल्वासेले गर्नु भएको थियो ।कार्यक्रममा संस्थाका सेयर सदस्य तथा कर्मचारीको उपस्थीति रहेको थियो ।



प्रकाशित : ८ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६