हरि घिमिरे,८ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकाले कृषि क्षेत्रमा आमुल परिर्वतन ल्याउने उदेश्यले बालि उपचार तथा विषदि सचेतना सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सबै कृषकहरुलाई मध्यनजर गरेर यो कार्यक्रम गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले बताए ।
जिल्लामै पहिलो पटक हुन लागेको बालि उपचार तथा विषादि सचेतना कार्यक्रममा उपस्थीतहुन तथा कृषि ज्ञान प्राप्त गर्न सबै कृषकहरुलाई आग्रह गरिएको छ ।
बाणगंगा वडा न. १०मा हुने नगर स्तरिय कार्यक्रममा बालिको रोग पहिचान गरि कृषकहरुलाई विषादीको प्रयोग कसरि गर्ने भन्ने विषयमा जानकारि गराईने बाणगंगा नगरपालिका कृषि विकास साखा अधिकृत लेस बहादुर के.सि.ले जानकारि दिए । कार्यक्रममा किृषकले लिएर आएका रोग लागेका बोट बिरुवाका प्राविधिक उपचार गरिने छ । साथै किृषकहरुको लागि विषदि प्रयोगमा सचेत गराईने के.सि.ले बताए । नगरपालिकाले कृषि ज्ञान केन्द्रको सहयोगमा कार्यक्रम सञ्चाल गर्न लागेको के.सि.ले बताएका छन । कार्यक्रममा नगरभित्रका सबै किसानको सहभागिताहुने र कृषकहरु लाभान्वीत हुने नगरपालिकाले अपेक्षा गरेको छ ।








प्रतिक्रिया