कपिलवस्तु ८ असोज । कांग्रेसमा युवाको यसपाली बिशेष आकर्षण देखा परेको छ । यसै क्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को बुथ सभापतिमा बिद्याबारिधी ( पिएचडी) गरेका बर्षिय डा. गगन कुमार सिंह निर्वाचित भएका छन । शुक्रवार वडाको सानो बर्गदवा बिद्यालयमा भएको बुथ अध्यक्षको निर्वाचनमा उनले एक मतले पाका नेता निर्मल कुमार शर्मालार्इृ हराउदै वुथ अध्यक्ष बनेका हुन ।
गगनले कुल ७७ र प्रतिद्धन्दी शर्माले ७६मत पाएका थिए । कुल २ सय २५ मत मध्ये १ सय ६२ मत खसेको थियो । ७ मत भने बदर भएको निर्वाचन अधिकृत बिकास बन्जाडेले बताए । गगनलाई निर्वाचित गराउन प्रतिद्धन्द्धी शर्माले गरको भुल पनि एक कारक रहेको अधिकृत बन्जाडेले बताए । शर्मा निर्वाचनमा अधिक ब्यस्त रहेको कारण आफैले आफनो मत हाल्न बिर्सेका थिए ।
जापानको याकोहामा ईन्टरनेशनल युनिभरसिटीबाट २०१७ मा सेन्सर नेटबर्क बिषयमा गगनले बिद्याभारिधी गरेका थिए । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ बरन्डीहवाका गगनले आफ्ुलाई जिताउन भाग्य सहीत कडा मिहीनेत र रणनीतिले साथ दिएको बताए । राजनीतिमा रुची राख्ने उनले कांग्रेसलाई सुदृढ बनाउन र पार्टीमा जनतको एजेन्डा स्थापित गराउन नै आफु निर्वाचित भएको बताए ।
तौलिहवाको गौढी चोकमा सानो मार्ट पसल संचालन गर्दै आएका गगनले पाटीकै बिचारबाट देश चलीरहेको बर्तमान परिपेक्षमा पार्टी मै राम्रो एजेन्डा स्थापित नगरी देश राम्ररी चल्न नसक्ने दावि गरे । ‘ कांग्रेसलाई मजबुद बनाउन र राम्रो एजेन्डा स्थापित गराउन भरपुर प्रयास गर्नेछु ’ उनले भने । गगनकी आमा बसन्ती कुमारी सिंहले आफनो छोराले पाटीमा केही गरेर देखाएको हेर्न चाहेको बताईन । उता कपिलवस्तुको ९६ वडामा भएको अधिबेशनमा अधिकांस स्थानमा सहमति भएको र केही स्थानमा सहमति हुन नसके पछि निर्वाचन भएको केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए ।
प्रतिक्रिया