कपिलवस्तु ९ असोज । कपिलवस्तुको बाणगंगा ५ झण्डा निवासी कक्षा १२ मा अध्ययनरत सुशिल खनालले अकल्पनीय रुपमा आफ्नो जन्म दिने आमालाई गुमाएपनि जारी रहेको परिक्षा भने गुमाउन चाहेनन् । फलस्वरुप आमाको मृत्यूको प्रश्रव पीडाकै बीच उनले बाणगंगा ७ बनगाईस्थित पारिजात मावि बाट कक्षा १२ को परिक्षा भने जारी नै राखेका छन् । उनकी आमा ज्ञानकला खनालको गत सोमबार मृत्यु भएको थियो । कक्षा १२ को परिक्षा चल्दै गर्दा सुशिललाई मातृशोक परेको थियो ।
क्यानसर रोगबाट पिडित खनाल उपचारपछी घरमै मृत्यु भएको खनालका भान्जा नमराज शर्माले बताए । ज्ञानकलाका दुई छोरी र एक छोरा रहेको र सामान्य परिवारका भएको बताईएको छ । यता किरियापुत्रि नै परिक्षा दिने भएपछि सुशिलका लागि छुट्टै स्थानको व्यावस्था गरिएको विधालयका शिक्षक पदम केसीले बताउनु भयो । शुसिल मात्र होइन यस अघि मातृ तथा पितृशोकमा परिक्षा दिने अरु पनि रहेका छन् । अर्काे परीक्षा दिन पुन १ वर्ष कुर्नुपर्ने भएकाले सकेसम्म परिक्षा नगुमाउने चलन रहेको छ ।
प्रतिक्रिया