अर्थ-वाणिज्य

बिभेदपूर्ण जात ब्यवस्थाको क्षेतीपूर्ति नै आरक्षण,कसैले चाहादैमा नहट्ने दावि



कपिलवस्तु ९ असोज  । जात ब्यवस्थाले दलित समुदायमाथि पुर्याएको क्षतिको क्षति पुर्ति स्वरूप राज्यले आरक्षणको ब्यवस्था गरेको हो भन्दै आरक्षण कसैको दयाँले नभएकोले यो कसैले चाहादैमा हटाउन नसक्ने  नेकपा एमाले लुम्बनी प्रदेश सचिवालय सदस्य तथा संविधान सभा सदस्य शान्तिदेवि हरिजनले बताउनु भएको छ । सम्पुर्ण उत्पीडित दलित एक हौ भन्ने मुल नारा सहित नेपाल उत्पीडित जातिय मुक्ति समाज कपिलवस्तु नगर भेलालाई संवोधन गर्दै यस्तो वताउनु भएको हो । 


भेलामा नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बनी प्रदेश सचिव चन्द्र बहादुर गहतराज, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष बाबुराम खनाल, नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य धर्मराज भुषाल, कपिलवस्तु नगर कमिटि अध्यक्ष भेषराज पाण्डे लगाएतले बोल्दै रुढीवादी अन्धविश्वास प्रम्परा र संस्कारहरुलाई जरैबाट उखलेर फाल्नु पर्नेमा जोड दिनुभएको थियो  । कार्यक्रम नेपाल उत्पीडित जातिय मुक्ति केन्द्रिय सदस्य  पुर्णकला सुनारको अध्यक्षता र संजीव गहतराजको संचालनमा भएको थियो। 

नेकपा एमाले निकट कपिलवस्तु नगरपालिकाका दलित सुमदायहरुको भेलाले अध्यक्ष राम प्रसाद पासी, उपाध्यक्ष चिन्गुद कोरी, सचिव बिनोद वि.क , सह सचिव संदिप हरीजन, कोषाध्यक्ष  भिम कुमारी सुनार सहित २३ सदस्य नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तु नगरकमिटि गठन गरेकोछ ।

यसैविच  नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटिको तयारी बैठक सम्पन्न भएको  छ ।  यहि असोज १२ गते कपिलवस्तुको वाणगंगा नगर भेला गर्नका लागि तयारी बैठक आयोजना गरिएको हो । सो बैठकमा बोल्दै देशिय बिदेशी शक्तिहरूको चलखेलले अध्यादेश ल्यायर पार्टि बिभाजन भएको भए पनि पाटिलाई कुनै असर नगरको नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा बाणगंगा नगरपालिका उप प्रमुख चक्र अर्यालले बताउनुभयो । बैठक बाणगंगा क्यामपस सभा हलमा भएको थियो  नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटि अध्यक्ष टीका बि.क.को  अध्यक्षमा भएको बैठकको संचालन पुर्ण बहादुर परियारले गर्नुभएको थियो ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६