अर्थ-वाणिज्य

एकिकृत समाजवादीमा पदिय वाँडफाँड सम्पन्न : कमनका २ संचालकलाई महत्वपूर्ण जिम्मेवारी



कपिलवस्तु ९ असोज । नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुले यस अघि जिल्ला कमिटी घोषणा गरेकोमा शुक्रवार पदिय वाडफाड सम्पन्न गरेकोछ । जस अनुसार उपाध्यक्षमा गीता अन्जान, नेत्रलाल खनाल, सचिवमा सर्वेन्द्रदेव खनाल, उप सचिवमा ओमप्रकाश कुर्मीलाई सर्वसम्मत चयन गरेको छ । सचिव खनाल कमन प्रेसपाटीको संचलक सस्था  नेपाल प्रालिका  बोर्ड सदस्य  हुनु हुन्छ । 

प्रतिनिधि सभा १ को इन्चार्जमा उपाध्यक्ष समेत रहनुभएका खनाल, प्रतिनिधिसभा २ को इन्चार्जमा उपाध्यक्ष समेत रहनुभएकी अन्जान र प्रतिनिधिसभा ३ मा उप–सचिव समेत रहनुभएका कुर्मीलाई क्षेत्रिय इन्चार्जको जिम्मेवारी तोकेको छ ।६ प्रदेश निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभा १ को ‘ख’ मा जिल्ला सदस्य समेत रहनुभएका फैजल खाँनलाई प्रदेश निर्वाचन क्षेत्रिय इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ । अरु ५ क्षेत्रको इन्चार्ज आगामी बैठकले तोक्ने पार्टीले जनाएको छ ।

यस्तै १० पालिका मध्ये वाणगंगा नगरपालिकाको अध्यक्षमा दिपक पन्थी, इन्चार्जमा कमल भट्टराई, शिवराज नगरपालिकाको अध्यक्षमा सरोज पौडेल, इन्चार्जमा छविलाल शर्मा, कृष्णनगर नगरपालिकाको अध्यक्षमा इन्तेयाक खाँ, मायादेवी गाउँपालिकाको अध्यक्षमा सकिल अहमदलाई जिम्मेवारी प्रदान गरिएको छ । अरु स्थानीय पालिकामा पछि जिम्मेवारी प्रदान गरिने नेकपा एसको  प्रचार विभागले जनाएको छ । बाणगंगाको इन्चार्ज रहुन भएका भटराई कमनका संचालक सदस्य हुनु हुन्छ ।  कमिटी बैठकले लंका बहादुर हमाल अध्यक्ष रहेको ७७ सदस्यिय जिल्ला कमिटी घोषणा गरेको हो । बैठकमा नेकपा (एस) का लुम्बिनी प्रदेश सदस्य क्षेत्र बहादुर खत्री, अहमद अब्दुल रउफले सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई जीवन्त राख्न पार्टीलाई पुर्नः गठन गरिएको बताउनुभयो ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६